‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक, फुटबल खेलाडी अवतारमा देखिए अनमोल

डिसी नेपाल
९ भदौ २०७५ १०:३०

सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।

अनमोल केसी तस्बिरमा फुटबल खेलाडीको रुपमा देखिएका छन् । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।

जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *