सलमान खानको फिल्म ‘भारत’ को तस्वीर लिक !

डिसी नेपाल
१० भदौ २०७५ ५:१५

एजेन्सी। बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘भारत’ को माल्टामा गरिएको शुटिङ पूरा भएको छ। सलमान र अन्य क्रु मेम्बरले युरोपको यो सुन्दर देशबाट विदा हुँदै केही तस्वीर सामाजिक संजालमा शेयर गरेका छन्।

केही समय अगाडि सलमान खानले आफ्नी आमासँग खिचेको तस्वीर सामाजिक संजालमा शेयर गरेका थिए। यो फोटोमा उनी आमा सँग देखिएका छन्। सलमा र सलमान खानले धाममा लगाउने चश्मा लगाएका छन् भने सलमानले शर्ट लगाएका छैनन्। यसबाट के अनुमान लगाउन सकिन्छ भने यो फाटो समुन्द्रको नजिकै खिचिएको हुनसक्छ।

फिल्ममा अभिनेत्रीको मुख्य भूमिकामा रहेकी अभिनेत्री कटरिना कैफले पनि आफ्नो इन्स्टाग्राममा फोटो शेयर गरेकी छन्। जुन तस्वीर माल्टाको हो। यो तस्वीरको क्रेडिट कटरिनाले अतुल अग्निहोत्रीलाई दिएकी छन्। अतुल अग्निहोत्री फिल्म भारतका निर्देशक पनि हुन्। प्रियंकाले फिल्म भारतमा अभिनय गर्न अस्वीकार गरेपछि कटरिना यो फिल्मको लिड रोलमा छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *