बाबुको मुख हेर्ने दिनमा कलाकारहरुको सामाजिक सञ्जाल

डिसी नेपाल
२४ भदौ २०७५ ८:१७

काठमाडौं । आज कुशे औंशी अर्थात बाबुको मुख हेर्ने दिन । आजको दिन छोराछोरीले विहानै बाबुको मुख हेर्ने, बाबुलाई मिठो–मिठो खान दिने, उपहार दिने गरेर मनाउँछन् ।

नेपाली सिने क्षेत्रका कलाकारहरुले पनि आफ्नो बाबुको मुख हेर्ने, मिठो खान दिने साथै उपहार दिएका छन् । थुप्रै कलाकारहरुले आफ्नो फेसबुकमा आफ्ना बाबुहरुको तस्वीर राखी सुःख, शान्ति र दिर्घायूको कामना गरेका छन् ।

युवा स्टार अनमोल केसीको बाबु भुवन केसीसंगको तस्वीर फेसबुकमा पोष्ट गरी बाबुको मुख हेर्ने दिनको शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै निर्देशक तथा कलाकार दिपाश्री निरौलाले बाबुसंगको तस्वीर फेसबुकमा राखेकी छिन् ।

यता हाँस्य कलाकार जितु नेपालले पनि आफ्नो स्वर्गीय बाबुलाई सम्झेका छन् । फेसबुकमा तस्वीर राख्दै उनले लेखेका छन् –‘मेरो बुवा (शसीधर)र श्रीमती मुनाको बुवा(श्री कृष्ण)को भौतीक शरीर त हामी सँग छैन तर उहाँहरुको आशिर्वाद सदा छ। हाम्रा जीवनका भगवान रुपी यी दुई बुवाहरूको आत्माले हामी र हाम्रो परिवारको रक्षा गरून। हाँमीसँग नभएपनि हाम्रा सुभ चिन्तक शाथीभाईहरुको बुवा पनि हाम्रै बुवा हुन, सबै बुवाहरुको आसशर्वाद प्राप्त होस, आफ्ना पितालाई आज मात्र हैन सदा सम्झिनु होला ।’

त्यस्तै अहिलेकी चर्चित नायिका प्रियंका कार्कीले पनि बाबुसंगको तस्वीर आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *