पूजा कि आश्मासँग प्रेम भन्दा जंगिए आकाश (हेर्नुहोस् भिडियो)

डिसी नेपाल
२० असोज २०७५ ०:५८

काठमाडौं । नेपाली चलचित्र ड्रिम गर्लको ट्रेलर रिलिज भएको छ। आगामी मङ्सिरमा रिलिज हुने भनिएको उक्त चलचित्रमा आश्मा गिरि र आकाश श्रेष्ठले मूख्य भूमिका निर्वाह गरेका छन्।

आकाश श्रेष्ठले अभिनय गरेको चलचित्र रामकहानीलाई दर्शकले अत्यधिक मन पराएका थिए। रामकहानीबाट आकाश र पूजाको जोडीलाई धेरै दर्शकले मन पनि पराए। अहिले भने आकाश आश्मासंग ड्रिम गर्लको लागि प्रमोशनमा छन्। पूजा र आकाश बीच वास्तविक जीवनमै प्रेम सम्बन्ध रहेको खबर पनि फैलिएको थियो। तर उनीहरुले भने आफूहरु साथी मात्र भएको बताउंदै आएका छन्।

चलचित्र ड्रिम गर्लको जोडीको रुपमा संगै हुँदा उनीहरुको सम्बन्ध बारे सोध्दा आश्माले आफूहरु साथी मात्र रहेको बताएकी छिन्। आकाशले भने हरेक पटक जोडीको रुपमा देखिनेसंग प्रेम नरहने जवाफ दिएका छन्।

चलचित्र ड्रिम गर्ल प्रेम कथामा आधारित चलचित्र हो। यस चलचित्रको गीत पनि रिलिज भइसकेको छ, जसलाई दर्शक श्रोताले मन पराइरहेका छन्। यो भन्दा अगाडी असोज १९ मा ड्रिम गर्ल रिलिज हुने बताइएको थियो। तर विभिन्न कारणले गर्दा रिलिज मिती मङ्सिरमा सरेको छ।

(हेर्नुहोस् भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *