श्रीदेवीकी छोरी जान्ह्वी फ्यान्ससँग फोटो खिचाउँदै थिइन्, बीचमा आए बडीगार्ड र दिन थाले धक्का, त्यसपछि
एजेन्सी। श्रीदेवीकी छोरी जान्ह्वी कपुर आइतबार मुम्बईको एक रेस्टुरेण्ट बाहिरबाट बाहिर निस्किन्। उनलाई देख्ने वित्तिकै उनको फ्यानले उनीसँग फोटो खिच्न खोजे। जान्ह्वीले पनि आफ्ना फ्यानलाई निरास पारिनन् र, फोटो खिच्त तयार भइन्। जब जान्ह्वीसँग उनका फ्यानले फोटो खिच्न सुरु गरेका थिए, जान्ह्वीको सुरक्षा कार्ड आए र जान्ह्वीका फ्यानलाई धक्का दिन थाले।
त्यतिमात्रै होइन सुरक्षा गार्डले फ्यान्सको मोबाइल पनि हातबाट हटाइ दिए। जान्ह्वीले फोटो खिचाउने बताइन्। तर गार्डले मानेन र उनलाई कारमा बस्न भने। गार्डले भनेपछि मन नलागी नलागी जान्ह्वी आफ्को कारमा बसिन्।
अर्कोतर्फ जान्ह्वीकी बहिनी खुशी कपुर पनि आइतबार एक रेस्टुरेन्टबाट बाहिर निस्किइन्। फोटोग्राफर्स खुशीको फोटो खिच्न चाहन्थे। तर उनले फोटोग्राफरको अनुरोधलाई अस्वीकार गरिन् र फोटो खिच्न दिइनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment