पर्दा पछाडिको मेहनत : लुगलुग काम्दै खिचिएको थियो शृङ्खलाको भिडियो
काठमाडौं। मिस नेपाल २०१८ शृङ्खला खतिवडा अहिले चीनमा छिन्। सुन्दरीहरूको विश्वव्यापी प्रतियोगितामा सहभागी हुनको लागि मिस नेपाल २०१८ खतिवडा त्यहाँ पुगेकी हुन्। त्यहाँ रहँदा उनले देशको पहिचान झल्किने प्रस्तुति दिनुको साथै प्रतिष्पर्धाका बिभिन्न चरणहरूमा पनि सहभागी भइरहेकी छिन्।
मिस वर्ल्ड २०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ। उनले त्यहाँ अन्य देशका सुन्दरीलाई नेपाली भाषा सिकाउने, नेपाली गीत गाउन लगाउने जस्तो काम पनि गरेकी छिन्। त्यसो त यस वर्ष शृङ्खलाबाट धेरै नेपालीले आस पनि गरेका छन् यस वर्ष उनले मिस वर्ल्डको उपाधि जितुन् भनेर।
केही दिन अगाडि उनको आधिकारिक युट्युब च्यानलमा उनले आफ्नो परिचय भिडियो सार्वजनिक गरेकी थिइन्। जुन भिडियो रातारात भाइरल भएको थियो। शृङ्खलाले आफ्नो परिचय भिडियोमा आफ्नो पढाईको बारेमा चर्चा गरेकी थिइन् अनि उनी कसरी अब्बल छिन् भन्ने देखाउने प्रयास गरेकी थिइन्। नेपालका विभिन्न ठाउँको दृश्य समावेश गरिएको उक्त भिडियो निकै गजबको बनेको छ।
भिडियोमा हेर्नुस् उक्त भिडियोको गोसाइकुण्डको सिन कसरी छायाँङ्कन गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment