विवाह बन्धनमा बाधिदै सेक्स रकेटमा नाम मुछिएकी अभिनेत्री श्वेता बसु !
एजेन्सी। बलिउडकासाथै दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने अभिनेत्री श्वेता बसु प्रसाद विवाह गर्दैछिन्। उनी १३ डिसेम्बरमा आफ्ना ब्वाइफ्रेण्ड रोहित मित्तलसँग विवाह बन्धनमा बाँधिने भएकी हुन्। श्वेता विगत चार वर्षदेखि फिल्म निर्माता रोहितसँग डेट गरिरहेकी छन्। श्वेताले एक अन्तर्वातामा आफू रोतिहसँग रमाइ रहेको बताएकी थिइन्।
श्वेता र रोहितले यही वर्ष जुनमा टिकोटालो गरेका थिए। यतिबेला श्वेता रोहितसँग बालीमा छुट्टी मनाइरहेकी छन्। श्वेताले बालीका केही तस्वीर पनि सामाजिक संजालमा शेयर गरेकी छन्।
भारतीय संचारमाध्यमका अनुसार श्वेता र रोहितको विवाह पुणेमा हुने भएको छ। विवादको एक हप्तापछि मुम्बईमा पार्टी दिने भएका छन्। श्वेता र रोहित बंगाली र मारवाडी रीति रिवाज अनुसार विवाह हुने भएको छ।
श्वेता बसु अनुगार कश्यपको प्रोडक्शन हाउस फ्यान्टम फिल्म्समा स्क्रिप्ट कन्सलटेन्टका रुपमा करिव डेढ वर्षसम्म काम गरेकी थिइन्। रोहितसँग उनको पहिलो भेट त्यँही भएको थियो। संचारमाध्यमका अनुसार रोहित मित्तलले शर्ट फिल्म ‘आटोहेड’ निर्देशन गरिसकेका छन्।
२०१४ मा हैदराबादको बंजारा हिल्समो एक सोक्स स्क्याण्डलमा श्वेता बसुको नाम मुछिएको थियो। दुई महिनासम्म रेक्स्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन्। यद्यपी पछि हैदरावाद सेशन कोर्टले यो विषयमा श्वेतालाई सफाइ दिएको थियो।
सेक्स रकेटमा नाम आएपछि लामो समयसम्म उनको कुनै पनि फिल्म रिलीज भएको थिएन। २०१७ मा वरुण धवनको फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ मा उनले काम गरेकी थिइन्। फिल्मसँगै श्वेताले कहानी घर घर की, करिश्मा का करिश्मा र चन्द्रनन्दिनी जस्ता टेलीफिल्ममा पनि काम गरेकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment