मलाइकाले हटाइन् खान सरनेम, आफ्नो र अर्जुनको नामको सिक्री लगाएर अपलोड गरिन् तस्बिर
एजेन्सी। मलाइका अरोडा र अर्जुन कपुरबीचको सम्बन्ध यतिबेला चर्चामा छ। अब मलाइका स्वयंले यो सम्बन्धलाई नयाँ मोड दिएकी छन्। मलाइकाले इन्स्टाग्राममा केही फोटो शेयर गरेकी छन् जसमा उनले आफ्नो घाँटीमा ‘एमए’ लेखिएको पेन्टेड सिक्री लगाएकी छन्। एमको अर्थ मलाइका हो भने एको अर्थ अर्जुन हुन्छ।
आफू र अर्जुनको नामको पहिलो अक्षर लेखिएको सिक्री लगाएर मलाइकाले आफूहरुबीचको सम्बन्ध रहेको पुष्टि गरेकी छन। सामाजिक संजाल प्रयोगकर्ताले अर्जुन बाहेक केहीले एमएको अर्थ मलाइका अरोडाको पूरा नाम भएको उल्लेख गरेका छन् भने केहीले मलाइकाका पूर्व पति अरवाज खान भएको अनुमान लगाएका छन्। तर वास्तविकता के हो भन्ने कुरा मलाइकालाई नै थाहा होला

अर्जुन कपुरसँगको रिलेशनशिप र विवाहको चर्चाबीच मलाइकाले आफ्नो नामको अगाडिबाट खान सरनेम हटाएकी छन्। मलाइकाको अफिशियल इन्स्ग्राममा उनको पूरा नाम मलाइका अरोडा खान थियो, तर अहिले उनले खान सरनेम हटाएकी छन्।
मलाइका र अर्जुन यतिबेला आफ्नालागि नयाँ र आलिशान घरको खोजी थिए। संचारमाध्यमहरुका अनुसार मलाइका र अर्जुन आगामी वर्ष विवाह गर्न सक्नेछन्। त्यसकालागि उनीहरुले घर पनि किनिसकेको बताइएको छ। यो नयाँ घर दुवैजना मिलेर किनेको बताइएको छ। नयाँ घर मुम्बईको लोखंडवाला कम्पेक्स नजिकै रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment