प्रधानमन्त्री र भिम रावल बिच कडा चर्काचर्की

डिसी नेपाल
१७ मंसिर २०७५ ८:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको आफ्नै दल नेकपाका प्रभावशाली नेता भीम रावलबीच मतभेद निकै चुलिएको छ। पार्टीमा बोल्ने कहीँ अवसर नपाएको र बैठकहरू हुन छाडेका कारण मिडियामा बोलेको रावलको भनाई छ ।

विवादित संस्थाले काठमाडौंमा आयोजना गरेको एशिया प्यासिफिक सम्मेलनमा भीम रावलले प्रधानमन्त्री ओलीको कडा शब्दमा विरोध गरेका छन्। कम्युनिष्ट पार्टीकै लागि उक्त कार्यक्रम धब्बा भएको भन्दै प्रधानमन्त्रीले देशको लाज उडाएको रावलको आरोप छ।

प्रधानमन्त्रीले भने सम्मेलन सफल भयो । भीम रावलले उत्तर दिए यो कार्यक्रम राष्ट्रिय लज्जाको विषय हो। प्रधानमन्त्रीले भने आधारहीन टिप्पणी गर्नेले टिप्पणी गरिरहुन्, तर यो कार्यक्रम भव्य सफल भयो।

भिम रावल भन्छन कार्यक्रम भयङ्कर सफल भयो भनेर तर्क गर्नु पाखण्ड हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *