संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको शिशु हो ,यसलार्इ फ्याक्ने हैन हुर्काउनु पर्छ ःडा. बाबुराम भट्टराई

डिसी नेपाल
२० मंसिर २०७५ १४:१३

खोटाङ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाउँमा सिंहदरबारको अधिकारको सट्टा भ्रष्टाचार पुगेको बताएका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सिंहदरबारबाट जनताको अधिकार गाउँमा पुग्नुपर्नेमा कतिपय स्थानीय तहमा भ्रष्टाचार प्रवृत्ति पनि पुगेको बताएका हुन् । उनले विगतमा राजा महाराजालेजस्तो भ्रष्टाचार र अपराध गरे जनप्रतिनिधि भन्न नसुहाउने बताए ।
हाल संघीयता विरोधीले स्थानीय तहमा ‘मनपरि भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकारात्मक प्रचार गरिरहेको भन्दै पूर्वप्रधानमन्त्री डा। भट्टराईले संघीयतालाई असफल बनाउने बाहनालाई बल पुर्‍याउने काम नगर्न जनप्रनिधिलाई आग्रह गरे । ‘संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको शिशु हो, केही कमजोरी भएका छन्’, भट्टराईले भने, ‘फोहोर गर्‍यो भन्दैमा बच्चालाई फ्याँक्दिने होइन, सफा गरेर हुर्काउनुपर्छ ।’

नयाँ शक्तिका संयोजक रहेका डा.भट्टराईले संघीयतालाई स्वीकार गर्न नमान्ने समूहकै कारण निर्वाचनअघि कानुन निर्माण हुन नसक्दा हाल स्थानीय तह सञ्चालनमा कानुनी जटिलता आइपरेको बताए ।

डा.भट्टराईसँग हलेसीको गुरुयोजना र मन्दिरभित्रको संरचनाको विषयमा छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *