नायिका वर्षा राउतको आज जन्मदिन, कति वर्ष लागिन त वर्षा ?

डिसी नेपाल
२८ मंसिर २०७५ १०:१८

काठमाडौं, २८ मंसिर । सुन्दरी नायिका वर्षा राउतको आज जन्मदिन परेको छ । विकासराज आचार्यको ‘नाइँ नभन्नू ल’ चलचित्रबाट राजतपट प्रवेश गरेकी वर्षा पछिल्लो समय अत्यन्तै रुचाइएकी नायिका हुन् ।सन् १९९३ डिसेम्बर १४ तारिखका दिन सिन्धुलीमा जन्मेकी वर्षा आज आफ्नो २६ औं जन्मदिन मनाउँदैछिन् ।

नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’ सिरिजका चलचित्रहरूमा उनले सफल अभिनय गरेकी छन् ।अहिले उनी ‘जात्रै जात्रा’ सुटिङमा व्यस्त छिन् भने वर्षाले अभिनय गरेका ‘चौका दाउ’ र ‘गोपी’ ब्याक टु ब्याक रिलिजका क्रममा रहेका छन् । सौन्दर्य र अभिनय का कारण उनलाई नेपाली फिल्म क्षेत्रमा मन पराइएको हो । पछिल्लो समय वर्षा प्रेमका कारण पनि चर्चा मा रहेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *