शृंखला खतिवडाका सुन्दर पेन्टिंग चित्र, हेर्नुहोस ६ तस्वीरमा
काठमाडौँ। नेपाल सुन्दरी शृङ्खला खतिवडा अरू मिस नेपाल जस्तै विश्व सुन्दरी प्रतियोगितको होडमा लागेकी थिइन्।
सत्तारुढ दल नेकपाका सांसदकी छोरी शृङ्खलाको समाचार सामाजिक सञ्जालमा शेयर गर्नेमा मुख्य विपक्षी कांग्रेसका नेता प्रदीप पौडेलदेखि पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसम्म थिए।

उनले नेपालका थुप्रै कलाकारहरूले समेत मन छोएकी रहिछन् भन्ने कुरा अहिले उनका इन्स्टाग्राममा राखिएका कलाकारका चित्रहरूले प्रमाणित गरेका छन्।
विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर नेपाल फर्किए लगत्तै उनले आफ्नो इन्स्टाग्राममा नेपाली सौखिन कलाकारहरूले बनाएका आफ्ना चित्र र पेन्टिङहरूको तस्बिर राखेकी छन्।

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भएकी थिइन्। तैपनि उनले अन्य सम्मान र धेरैको प्रशंसा बटुल्न सफल भइन्।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा समय निकालेर आफ्ना सुन्दर तस्बिर बनाइदिएकोमा कलाकारहरूलाई धन्यवाद दिएकी थिइन् । शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ पर्पस’ जितेकी थिइन्।

कैयौँ प्रशंसकले शृङ्खलाले उपाधि जिते पनि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकेको’ प्रतिक्रिया दिएका थिए।


No ads found for this position


डिसी नेपाल
Facebook Comment