अष्ट्रेलियामा थारू समुदायको नयाँ वर्ष हर्षोल्लासका साथ मनाईने

डिसी नेपाल
२९ मंसिर २०७५ २:३७

अष्ट्रेलिया । थारू समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलो पटक विभिन्न कार्यक्रमसहित मनाइने भएको छ।

थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।

उनका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पो पार्कमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम आयोजना हुनेछ।

कार्यक्रममा थारु साँस्कृति नृत्यसहित थारु खानाका परिकार राखिनेछ। थारुका अलवा अन्य समुदायको पनि कार्यक्रममा सहभागिता रहने चौधरीले जानकारी दिए।

सिड्नीबाहेक अन्य राज्यमा बस्ने थारुहरु पनि कार्यक्रममा सहभागी हुनसक्ने बताइएको छ। त्यसका लागि थारु सोसाइटी अष्ट्रेलियाका अध्यक्ष दीपनारायण चौधरीलाई 0411688798 र पब्लिक अफिसर अरुण चौधरीलाई 0401435959 नम्बरमा सम्पर्क गर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *