मिस्टर तथा मिस टिन शेर्पाको पहिलो अडिसन शुरु

डिसी नेपाल
५ पुष २०७५ २:५३

काठमाडौं। मिस्टर तथा मिस टिन शेर्पा (सिजन – १) को अडिसन शुरु भएको छ।

गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस टिन शेर्पाको पहिलो अडिसन गत शनिबार राजधानीमा सम्पन्न भएको हो।

विभिन्न जिल्लाबाट प्रतियोतिामा भाग लिनका लागि आएका थिए। पहिलो अडिसन अन्तरर्गत ४३ जना भन्दा बढीले सहभागिता जनाएका दिए। पहिलो अडिसनमा छुटेकाहरुलाई पौष महिनाको ६ गते अडिसन लिने गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाले बताए।

उनले भनिन् – ‘विभिन्न समुदायले यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् तर हाम्रो शेर्पा समुदायको भने यो पहिलो कामको शुरुवात हो, आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेका नयाँ –नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउँनका लागि यो कार्यक्रम गरेको हो ।’ यसको फाइनल राउण्ड भने पौष २८ गते शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *