बलिउडका चर्चित भिलेन महेश आनन्दको मृत्यु
एजेन्सी। बलिउड फिल्म इन्डस्ट्रीका चर्चित भिलेन महेश आनन्दको शनिबार मृत्यु भएको छ। उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। उनले लगभग १८ वर्षपछि फिल्म रंगिला राजाबाट फिल्म क्षेत्रमा फर्किएका थिए। पहलाज निहलानीले निर्माण गरेको उक्त फिल्ममा अभिनेता गोबिन्दा मुख्य भुमिकामा रहेका छन्।
यो भन्दापहिले महेशले निहलानीको फिल्म अंदाज र आगका गोलामा पनि विशेष भूमिका निभाएका थिए। महेश आनन्द सन् १९८० देखि १९९० सम्मका फिल्ममा चर्चित भिलेन रहेका थिए। खबर अनुसार उनी १८ वर्षदेखि गरीबीमा बाँचिरहेका थिए। उनले एक अन्तर्वार्तामा आफूलाई १८ वर्षसम्म कसैले पनि फिल्ममा नलिएको बताएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment