कमल खत्रीको नयाँ गीत बजारमा (भिडियो)

डिसी नेपाल
१७ जेठ २०७६ ५:४२

काठमाडौं । गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ । यसै भिडमा कमल खत्रीको नयाँ गीत बजारमा आएको छ । खत्रीको स्वरमा रहेको तिमी भए पुग्छ मलाई बोलको आधुनिक गीत बजारमा आएको हो ।

जसलाई झझल्को डिजिटलले प्रस्तुत गरेको छ । शक्ति क्षेत्रीको शब्द रहेको यस गीतमा संगति गायक आफैले भरेका छन् । गीतको भिडियोमा केशव भट्टराई र उर्मीला लामालाई कास्ट गरिएको छ ।

गीतको भिडियो कतारका विभिन्न आकर्षक स्थलहरुमा छायांकन गरिएको छ । जसलाई राजेन्द्र र भविन्द्रले छायांकन गरेका हुन् ।

भविन्द्र तामाङले निर्देशन गरेको यो भिडियोलाई तामाङ आफैले सम्पादन गरेका हुन् ।




प्रतिक्रिया