मिसन पोयट्रीमा पौडेल

डिसी नेपाल
२८ जेठ २०७६ ११:४८

धनकुटा। धनकुटाको साहित्यिक गतिविधिलाई अघि बढाउने उद्धेश्यले स्थापित मिसन पोयट्रीले यस पटकको सिर्जनात्मा भेटमा शनिवार कवि, गीतकार तथा कलाकार रमेश पौडेललाई उभ्यायो । संस्थाका अभियन्ता कवि, कलाकार मुकुन्द प्रयासले समारोहका अतिथि श्रष्टा पौडेललाई स्वागत गर्दै उनको साहित्यि, कला र पत्रकारिताको वहुआयामिक व्यक्तित्वका बारेमा जानकारी दिए।

अतिथि श्रष्टा पौडेलले आफ्नो ३ दशकको साहित्य, कला र पत्रकारिता जीवनको अनुभव सुनाउँदै धनकुटाले दर्शाएको हार्दिकता र आतिथ्यका लागि आभार व्यक्त गरे। कवि पौडेलले कविता, गीत र मुक्तक पनि सुनाए।

समारोहमा नरेन्द्र कश्चित, घनश्याम औलाली, सञ्जय सयन, कविन तुम्वापो, गोपाल भयडारी, टीका थोक्लेन, यानिन्द्र तिगेला, सन्देश तुम्वापो, श्रीमान खजुम, प्रज्वल पुकार, द्वारिका रिजाल, भूषण श्रेष्ठ, देवकला कार्की, ठगिनकुमार राई, निर्मला कुँवर, दिलदुखी जन्तरे, सन्तोष सुवेदी, अनन्त अनुराग, मुकुन्द प्रयाश, बी.बी. लामा अदिले कविता, गीत, गजल र मुक्तक सुनाए ।

गायिका जुनी खालिङ र तुलाराम राईले गायन प्रस्तुति दिएर समारोहलाई रौनकता थपेका थिए । नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित मिसन पोयट्री समारोहमा ३ दर्जन कवि, कलाकारको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *