कांग्रेसको एक महिने जागरण अभियानका उपलब्धि के हुन् ?

डिसी नेपाल
२८ जेठ २०७६ १२:३४

रविन्द्र सुबेदी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक महिना लामो जागरण अभियान आज (शनिबार) सम्पन्न गर्दैछ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियानको प्रमुख उद्देश्य पार्टी संगठनलाई सुदृढ पार्नु बताइएको थियो।

मुख्यगरी १५ वटा उद्देश्य राखेर यो अभियान सुरु गर्न लागिएको जागरण अभियानअघि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए । उनले पेश गरेका उद्देश्यअनुसार समग्रमा यो अभियान पार्टीलाई कायापलट गर्ने मात्र होइन, हाल सत्ता बाहिर बसेर असन्तुष्टि व्यक्त गरिरहेका हरेक राजनीतिक दलको माग सम्बोधन गर्नेसम्मका थिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा)को प्रमुख मुद्दामा आफूहरुको एक्येबद्धता जनाउनु  जागरण अभियानको अर्को उद्देश्य थियो।

पार्टीको गत पुसमा सम्पन्न महासमिति बैठकका निर्णयहरु पार्टीका तल्लो तहसम्मका समिति र शुभेच्छुकलाई जानकारी दिने, निर्णयहरुको विश्लेषण गरी नेतृत्वमाथिका आशंकाहरु निर्मुल पार्ने, पार्टी एकताको सन्देश दिने, सरकारका कामहरुको विरोध गर्ने उद्देश्यहरु यो जागरण अभियानमा राखिएको थियो । त्यसबाहेक केही समय सरकारलाई समर्थन गरेर संविधान संशोधनको मागलाई निरन्तरता दिएको र फेरि सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा)को प्रमुख मुद्दामा आफूहरुको एक्येबद्धता जनाउनु यो जागरण अभियानको अर्को उद्देश्य थियो।

मुलुकमा रहेका सबै खालका समस्याहरु, सामाजिक सुरक्षा, अपराध, बेरोजगारी, भ्रष्टाचार सबै कुरामा एकैपटक जनतामा जागरण ल्याउने अभियान भनिएको थियो । तीनै तहका निर्वाचनमा ब्यहोरेको पराजय, पार्टी कार्यकर्ता पंक्तिमा देखिएको निराशा, पार्टीभित्रको गुट उपगुट संस्कार र अनुशासनहिनतालाई यो जागरण अभियानले उत्तर दिन सक्छ कि भन्ने अर्को अभिप्राय थियो।

उद्देश्यमाथिको विचरण

२०७४ को निर्वाचनमा पार्टीको लजास्पद हार भएपछि नेतृत्व परिवर्तनको ‘इस्यु’ लामो समयसम्म चलेको थियो । परिवर्तन सम्भव नभएपछि आत्मआलोचनाको इस्यु उठ्यो । नेतृत्व पंक्ति आत्मआलोचना गर्न पनि तयार नभएपछि कांग्रेसको हारको जिम्मा ‘सबैले लिने’ सहमतिमा टुंग्याइयो।

२०७४ को निर्वाचनमा पार्टीको लजास्पद हार भएपछि र्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले अब मिल्यौँ भनेर दिएको सन्देशले केही ऊर्जा थपिएको थियो । तर केन्द्रीय समितिमा सभापतिले ‘डिक्टरशिप’ छबि दोहोर्याएपछि शुभेच्छुकहरु फेरि ‘हात्ती आयो, हात्ती आयो फूस्सा’ अवस्थामा पुगेका थिए। 

 

यी सबै नियतिबाट गुज्रिरहेको कांग्रेस महासमिति बैठकपछि अब फेरि ‘सर्भाइभ’ भएको आत्मरतिमा थियो । ठूलो संख्यामा नेताहरुको जमघट, सबैले भडास पोख्ने अबसर, पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले अब मिल्यौँ भनेर दिएको सन्देश जस्ता कुराले केही ऊर्जा थपिएको थियो । तर केन्द्रीय समितिमा सभापतिले ‘डिक्टरशिप’ छबि दोहोर्याएपछि शुभेच्छुकहरु फेरि ‘हात्ती आयो, हात्ती आयो फूस्सा’ अवस्थामा पुगेका थिए।

यसपटक अभियानको प्रमुख उद्देश्यका रुपमा राखिएको, ‘पार्टीको महासमिति वैठकवाट पारित निति, कार्यक्रम र संशोधित विधान बारे पार्टीको स्थानीय तहसम्म साथीहरु एवं आम शुभचिन्तकलाई ब्यापक ढंगले सूसुचित गर्न।’ भन्ने उद्देश्य घाँडो बन्यो । किनकी पार्टीको शक्तिशाली ‘बडी’ का रुपमा रहने महासमिति बैठकका निर्णयहरु केन्द्रीय समितिले उल्ट्याउने भए, सो महासमितिका निर्णय वा उपलब्धिको रटान दोहोर्याउनै परेन । कार्यकर्ताले प्रश्न गरे, ‘महासमितिका निर्णय उल्ट्याउने भए, किन महासमिति बैठक बसेको, किन चाहियो यो हात्तीको दाँत ?’

संगठननै नभएको पार्टीले कुन संगठन सुदृढिकरण गर्ने ? मुलुक संघीयतामा गएको तीन वर्षसम्म प्रदेश समिति छैन, नगर समितिहरु छैनन्, भ्रातृ संगठनहरु छैनन् । अब कुन संगठनको कुरा गर्ने ?

अभियानको अर्को उद्देश्य थियो, ‘संगठन सुदृढिकरण’ । तर संगठननै नभएको पार्टीले कुन संगठन सुदृढिकरण गर्ने ? मुलुक संघीयतामा गएको तीन वर्षसम्म प्रदेश समिति छैन, नगर समितिहरु छैनन्, भ्रातृ संगठनहरु छैनन् । अब कुन संगठनको कुरा गर्ने ?

भ्रष्टाचार, अपराध, सामाजिक सुरक्षा, बेरोजगारीलगायत समग्रमा सरकारको ध्यान पुग्न नसकेका र बेवास्ता गरिएका कुराको विरोध गरेर माहौल पार्टीको पक्षमा पार्ने । तर ‘वाईड बडी प्रकरण’, ‘बालुवाटार जग्गा प्रकरण’ लगायतमा आफ्नै पार्टीका सभापति देउवाको नाम जोडिएपछि यसमा कांग्रेसले प्रष्टसँग आफू बोल्न सकेन । आफ्नो नाम मुछिएकोमा देउवाले एक्लै प्रतिकार गर्नुपर्ने अवस्था आयो । महासमितिमा एकीकरण भएको गुटका नेताहरुले सार्वजनिक फोरममा गएपछि लोकप्रियताका लागि भए पनि ‘सभापतिले पनि गलत गरेका छन् भने कारबाही होस्’ भनेर भाषण गरे तर भ्रष्टाचारी हुन् भने कारबाही गर्ने र होइनन् भने बचाउ गर्ने कुरामा दृढता देखाउन सकेनन्। संविधान संशोधनको मुद्दालाई ‘ओन’ गरेर अभियान सुरु गरेको कांग्रेसले संसदमा संविधान संशोधनको मुद्दा उठाउन चाहेन । जागरण अभियानमा उठाउन सकेन।

उपलब्धि 

समग्रमा सरकारबिरोधी भाषण गरेर मात्र आत्मरति लिनका लागि यो अभियान सार्थक हुन सक्थ्यो । तर प्रवक्ता शर्माले डिजाइन गरेको जागरण अभियानको कार्यक्रम नेताहरुलाई भडास पोख्ने फोरम हुनबाट पहिल्यै जोगाइएको थियो । त्यसर्थ ‘हामी गजब थियौँ कम्युनिष्टहरु खतम हुन्’ भनेर सबैले बोल्न पाएनन् । गाली राजनीतिबाट कांग्रेसी मञ्चहरु केही हदसम्म भए मुक्त भए । जहिल्यै सुन्नुपर्ने, कहिल्यै सुनाउन नपाउने कार्यकर्ताको ठूलो पंक्ति यो अभियानमा ‘एक्सपोज’ हुन पायो । कार्यकर्ताको गुनासो सुनेर ‘वायस’ को गन्ध पाउने रुढी नेताहरुबाहेक अरुले कार्यकर्ता चिन्न, गुनासो सुन्न र वास्तविकता थाहा पाउने अवसर यसपटक पाएका छन् ।

जहिल्यै सुन्नुपर्ने, कहिल्यै सुनाउन नपाउने कार्यकर्ताको ठूलो पंक्ति यो अभियानमा ‘एक्सपोज’ हुन पायो । कार्यकर्ताको गुनासो सुनेर ‘वायस’ को गन्ध पाउने रुढी नेताहरुबाहेक अरुले कार्यकर्ता चिन्न, गुनासो सुन्न र वास्तविकता थाहा पाउने अवसर यसपटक पाएका छन् ।

जनतालाई नै जागरुक पार्ने अभियान भए पनि अहिले ‘जनता’ भन्दा धेरै कुनै न कुनै पार्टीक ‘कार्यकर्ता’ ले भरिएको मुलुक भएका कारण आफ्नै पार्टी जनतालाई सरकारका नराम्रा पक्षहरु सुनाउने अवसर पाउँदै गर्दा आफूहरुमाथिको गुनासो सरकारमाथिको भन्दा कडा रहेछ भन्ने कुरा कांग्रेसले यो अभियानमा थाहा पाएको छ । त्यस्तै अर्कोपटक फेरि दोस्रो जागरण अभियान लिएर गाउँ पस्दा ‘संगठनबिना केको संगठन सुदृढिकरण ?’ भन्ने प्रश्नको सामना गर्नुपर्ने अवस्था अहिले नै थाहा भएको छ । पहिलो चरणको मुख्य उपलब्धि यीनै हुन सक्छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *