हुवावे संकटः अब हुवावेका स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नमिल्ने – Dcnepal

हुवावे संकटः अब हुवावेका स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नमिल्ने

A Huawei logo is displayed at a retail store in Beijing on May 23, 2019. - Chinese telecom giant Huawei says it could roll out its own operating system for smartphones and laptops in China by the autumn after the United States blacklisted the company, a report said on May 23. (Photo by FRED DUFOUR / AFP) (Photo credit should read FRED DUFOUR/AFP/Getty Images)


काठमाडौं । अमेरिकाले प्रतिबन्ध लगाएपछि चिनियाँ दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेमाथि समस्या बढ्दै गएको छ । अमेरिकी प्रतिबन्धको असर फैलिने क्रममा एसडी कार्ड एसोसिएसनमा रहेको हुवावेको सदस्यता पनि खोसिएको छ । एसडी कार्ड संघको सदस्यता खारेज भएसँगै अब हुवावेले आफ्ना स्मार्टफोनमा एसडी कार्ड घुसार्ने स्लट बनाउन पाउने छैन । अर्थात अब हुवावेको फोनमा मेमोरी कार्ड हाल्न मिल्ने छैन।

पछिल्लो निर्णयसँगै हुवावेका मौजुदा फोनहरुले एसडी कार्ड सपोर्ट गरे तापनि कम्पनीले आगामी दिनमा आफ्ना उत्पादनहरुमा एसडी कार्डको प्रयोग गर्न पाउने छैन । एसडी कार्ड एसोसिएसनका अलावा अन्य धेरै कम्पनीहरु जस्तै गुगल, एआरम, इन्टेल, क्वालकोम तथा ब्रोडकम जस्ता कम्पनीले पनि हुवावेको साथ छोडिसकेका छन् ।

अमेरिकी प्रतिबन्धसँगै कम्पनीहरुले हुवावेसँगको सहकार्य तोड्दै जान थालेका छन् । वाइफाइ अलायन्सले समेत हुवावेलाई अस्थायी रुपमा बन्देज लगाएको छ । एसडी कार्ड एसोसिएसनले साथ छोड्नु हुवावेका लागि ठूलो झट्का हो । तर प्राविधिक रुपमा हुवावेका लागि यो ठूलो समस्या चाहिँ हुनेछैन ।

किनकी हुवावेसँग आफ्नै नानो मेमोरी कार्डहरु छन् जो विद्यमान मेमोरी कार्डको तुलनामा निकै सानो आकारका रहेका छन् । तिनै नानो मेमोरी कार्डहरु हुवावेले आफ्ना नयाँ स्मार्टफोनमा प्रयोग गर्नेछ । नानो मेमोरी कार्डलाई हुवावेले सबैभन्दा पहिले मेट २० स्मार्टफोन लञ्च गर्ने बेला सार्वजनिक गरेको थियो । आगामी स्मार्टफोनमा त्यो नानो मेमोरी कार्ड प्रयोग हुने सम्भावना रहेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो