पर्यटकका लागि खुला गरिदैँ नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र

डिसी नेपाल
२८ जेठ २०७६ १२:४०

बीबीसी । अर्को वर्ष पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन)मा जान सक्ने भएका छन् । यसका लागि उनीहरुले एक रातको ३५ हजार अमेरिकी डलर खर्च गर्नु पर्ने हुन्छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार उसले अन्तरिक्ष स्पेस स्टेसन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि उपयोग गर्न थालेको हो । अन्तर्राष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोबिन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका लागि दुई वटा निजी अन्तरिक्ष मिसन पठाइनेछ । यसको खर्च पनि निजी कम्पनीले नै व्यहोर्ने छन् ।

नासाका अनुसार निजी अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म जानलाई ३० दिनको समय दिइनेछ । उनीहरु अमेरिकी स्पेसक्राफ्टबाट यात्रा गर्नेछन् । अन्तर्राष्ट्रिय स्पेस स्टेसन अन्तरिक्षको बाहिरी भागमा रहेको छ । यसबाट अन्तरिक्षसँग जोडिएका विषयमा अनुसन्धान गरिँदै आएको छ ।

यो स्पेस स्टेसन एक प्रकारले कृत्रिम उपग्रहजस्तै हो । जहाँ मानिस रहेका हुन्छन् र काम पनि गरिरहेका हुन्छन् । खोज तथा अनुसन्धानका लागि यसको व्यापक प्रयोग हुँदै आएको छ । नासाका अनुसार निजी कम्पनीले नै क्रू मा को–को रहने भन्ने कुराको तय गर्नेछन् । साथै अन्तरिक्ष यात्रीको अन्तरिक्ष उडानका लागि चाहिने तालिम तथा स्वास्थ्य सेवा पनि उसैले उपलब्ध गराउनेछ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा लगिनेछ ।

नासाले यसका लागि दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । एउटा एलन मस्कको स्पेस एक्स छ घने अर्को बोइङ । स्पेस एक्सले आफ्नो ड्रागन क्याप्सुलमार्फत यात्रीलाई अन्तरिक्षमा लैजानृछ भने बोइङले बोइङ स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइरहेको छ । यी कम्पनीले यात्रीसँग त्यति नै पैसा लिनेछ जति नासाले आफ्ना अन्तरिक्ष यात्रीसँग लिँदै आएको छ । यसभन्दा पहिले नासाले स्पेस स्टेसनलाई व्यावसायिक प्रयोग हुनबाट रोकेको थियो । नासाबाट गएका अन्तरिक्ष यात्री कुनै कम्पनीका लागि अनुसन्धानमा भाग लिन पाउँदैनथे ।

यो स्टेसनको मालिक नासा भने होइन । रुससँग मिलेर अमेरिकाले सन् १९९८ मा यो स्टेसन बनाउन सुरु गरेको थियो । सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जाने पहिलो पर्यटक थिए । उनले दुईतर्फी यात्राका लागि रुसलाई दुई करोड अमेरिकी डलर तिरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *