कार्यक्षेत्रमा हाइ हिल अनिवार्य गरिएपछि जापानमा १९ हजार महिला विरोधमा
टोकियो। जापानका कार्यक्षेत्रमा हिल लगाउनु अनियार्व छ। जापानमा महिलाहरुले कार्यक्षेत्रमा पुरुषले लगाएजस्तो फ्ल्याट जुत्ता चप्पपल लगाउन पाउँदैनन्। हाई हिल लगाउनु यहाँका महिलाको ड्रेश कोडमा समावेश गरिएको छ। तर यो नियमलाई परिवर्तन गर्नकालागि १९ हजार महिलाले अदालतमा निवेदन दर्ता गराएका छन्।
यसको सुरुवात ३२ वर्षीया जापानी अभिनेत्री युमी इशिकावाले गरेकी हुन्। यो अभियानको सुरुवात गर्दै अभिनेत्री इशिकावाले ट्विट गर्दै लेखेकी थिइन्, ‘हाई हिल लगाउने नियम ती महिलाकालागि बनाइएको थियो फ्यूनरल पार्लरमा काम गर्छन्।’
उनको यो ट्विट भाइरल भयो। यो ट्विटलाई करिव ३० हजार मानिसले शेयर गरेका छन्। २०१५ मा लन्डनकी एक रिशेप्निस्टले हाइ हिल लगाएर अफिस जान अस्वीकार गरेकी थिइन्। त्यसपछि कम्पनीले उनलाई कामबाट निकालिदिएको थियो। त्यतिमात्रै होइन उनलाई तलवसमेत दिइएन।
जापानको क्योडो न्युज एजेन्सीका अनुसार हाई हिलको विरोधमा यहाँ अभियान नै चलाइएको छ।
यो अभियानलाई कुटू भनिएको छ। जापानी भाषामा कुत्सूको अर्थ जुत्ता हुन्छ। कुत्सूको कु र मीटूको टू जोडेर यो अभियानको नाम ह्यासट्याग कुटू राखिएको छ। मिटू अभियान विश्वभरमा यौन शोषण विरुद्ध महिलाको आवाज बनेको छ। यसमा महिलाले आफू विरुद्ध भएका ज्यादती सार्वजनिक गर्ने गरेका छन्। कलाकारले सुरु गरेको यो अभियान आम महिलाको आवाज बनेको छ।
No ads found for this position

डिसी नेपाल
Viagra Ne Shqip Zithromax Mail Singapore cialis Priligy Sustancia Mixing Keflex And Alcohol Levitra A Vendre