सोनाक्षीको करियरकै सबै भन्दा कठीन सीन

डिसी नेपाल
१ साउन २०७६ ११:१७

मुम्बई। बलिउड अभिनेत्र सोनाक्षी सिन्हाले फिल्म ‘खानदानी शफाखाना’ कालागि आफूले आफ्नो करियरको सबैभन्दा कठीन सीन दिएको बताएकी छन्।

सोनाक्षीका अनुसार यो त्यो सीन थियो, जहाँ उनले बजारमा सेक्स क्लिनिकको प्रचार गर्नु थियो। ३२ वर्षीया सोनाक्षी भन्छिन्–यो मेरो करियरको सबैभन्दा मुश्किल सीक्वेन्स थियो। म साइकल रिश्कामा प्रचार गर्न निस्किएकी छु। जसको पछाडि सेक्स सम्बन्धी स्लोगनका ठूला ठूला ब्यानर टाँगिएको थियो। मैले सबै प्रकारका सेक्स कमजोरीका विषयमा कुरा गर्नुपर्नेछ। यो सीन गर्नु पहिला मलाइ धेरै लाज लागेको थियो।’

सोनाक्षीले अगाडि भनिन्–शिल्पी (दासगुप्ता) ले मलाइ उक्त सीन गर्नकालागि आत्मविश्वास दिलाउनु भयो। यही कुरा फिल्मले पनि भनेको छ। सबैभन्दा पहिला हामीले आफूमा रहेको कमजोरी हटाउनुपर्छ। हजार जनासँग कुरा गर्नु परेपनि आफूलाई लागेको कुरा भन्न सक्नुपर्छ।’

फिल्ममा सोनाक्षी बबिता बेदी उर्फ बेबी नामकी युवतीको भूमिकामा छन्। जो आफ्नो अंकलको मृत्युपछि उनको सेक्स क्लिनिकलाई चलाउँछिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *