चलचित्र ‘द डार्क एण्ड लाईट’ले सार्वजनिक गर्यो ट्रेलर र गीत

डिसी नेपाल
१ साउन २०७६ १२:३४

काठमाडौं । चलचित्र ‘द डार्क एण्ड लाईट’को अफिसियल ट्रेलर र गीत सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रमोशनल सामाग्री सार्वजनिक गरिएको हो ।

खालिङ्ग सिस्टर्स मूभिज प्रा।लि।को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् । पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको चलचित्रलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।

चलचित्र लेखन, निर्माण तथा अभिनयको पाटो सम्हालेका पिटर खालिङले ‘डार्क एण्ड लाईट’ हरेक व्यक्तिको जीवनमा मेल खाने बताए । उनले जीवनको अध्यारो र उज्यालो पाटो दुवै हुने भन्दै चलचित्र गर्दा अनेकन जालझेल भोग्नुपरेको अनुभव सुनाए ।

झण्डै ८५ लाखको लगानिमा चलचित्र निर्माण भएको उनको भनाइ छ । यता गायिकाबाट निर्मात्री बनेकी सरस्वतीले चलचित्रमा समावेश ‘राधा किसन’ जस्तो गीत नेपालको कुनै गायिकाले गाउन नसक्ने दाबी गरिन् । चलचित्रमा आफू बोल्ड नेगेटिभ चरित्रमा रहेको खुलासा गरिन् ।

चलचित्रमा पिटर खालिङ, सरस्वती भूजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । खेलाडी समेत रहेकी शेसुका चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् । निर्माण यूनिटले यो चलचित्र एक्सन लभस्टोरी जनरामा केन्द्रित रहेको जानकारी दियो । चलचित्रमा सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा सविन भट्टराईको छायांकन रहेको छ ।

यो चलचित्र आगामी भदौ ६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सरोज शर्मा र सुनिता भट्टराईले वितरण गर्नेछन् ।

चलचित्रको ट्रेलर

चलचित्रको गीत




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *