एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा मनोज गोर्खालीको दावी

डिसी नेपाल
१६ साउन २०७६ १०:२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन नजिकिँदै छ। सम्मेलन आगामी अक्टोबर १३ देखि १६ गतसम्म काठमाडौंमा हुँदैछ। सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

यसै क्रममा संघको मध्यपूर्व क्षेत्रीय संयोजकमा मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले आफन्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए आइसीसी सदस्यसमेत रहेका गोर्खाली मध्यपूर्वबाट सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।

लामो समयदेखि युएईलाई कर्मथलो बनाउँदै आईरहेका गोर्खालीले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन् ।एनआरएनएको देश विदेशमा हुने प्रायः कार्यक्रममा र अभियानहरूमा उनी छुट्दैनन्।

‘साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेँ। अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेको छु । अब सामाजिक अभियानबाट पछाडि हट्न सक्दैन।’ उनी भन्छन् ‘एनआरएनएका अग्रज अभियन्ताहरू र साथीहरूसँगको परामर्शमा मध्यपूर्व  क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

उनले मध्यपूर्वमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताए।

‘वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन मैले अहिले कामदारको अधिकारलाई मुख्य एजेन्डा बनाएको छु।’

डिसी नेपालसँग कुरा गर्दै गोर्खालीले भने – ‘वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउन मैले अहिले कामदारको अधिकारलाई मुख्य एजेन्डा बनाएको छु।’

मध्यपूर्वमा कामदारका धेरै समस्यामात्रै भनियो तर दीर्घकालीन समाधान गरिएन त्यसैले अब दीर्घकालीन रूपमा नै समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित यसपालिको निर्वाचनमा क्षेत्रीय संयोजक पदमा उम्मेदवारी  दिएको उनको दावी छ।

मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनले बताए। विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगाउन र मध्यपूर्वको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने उनको योजना छ।

यसको अलवा संघका तत्कालीन मध्यपूर्व संयोजक तथा हालका सचिव डिबी क्षेत्रीको पहलमा थालनी भएको ‘हजारे अभियान’ लाई मुर्तरुपको लागि निरन्तरता दिने र सिन्धुलीमा निर्माणधीन ‘सिन्धुली गढी’ प्रोजेक्ट सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने योजना पनि गोर्खालीको प्राथमिकतामा छन् ।

मध्यपूर्वी देशहरूमा इजिप्ट, इराक, जोर्डन, कुवेत, लेबनान, ओमन, बहराइन कतार, साउदी अरेबिया र युएई पर्दछन्। यहाँ करिव ९० प्रतिशत नेपाली श्रमीकहरु कार्यरत छन्।

विश्वभर रहेका एनआरएनएहरु सबै एउटै दर्जाको भनिएता पनि खाडीमा बस्ने नेपालीहरु यसलाई मान्न तयार छैनन्। तर, गोर्खाली भने एनआरएनए जस्तो पवित्र सामाजिक संस्थाको बारेमा नराम्रो कुरा गर्ने केही व्यक्तिका आधारमा समाजमा यस्ता कुरा सुनिने भएतापनि त्यसमा कुनै सत्यता नभएको बताउँछन्।

उनले खाडीमा बस्ने नेपालहरुको एनआरएनए प्रतिको यो वितृष्णालाई मेटाउन प्रावभाकारी योजना ल्याउने बताउँदै कामदारमैत्री एनआरएन बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनले खाडीमा बस्ने नेपालहरुको एनआरएनए प्रतिको यो वितृष्णालाई मेटाउन प्रावभाकारी योजना ल्याउने बताउँदै कामदारमैत्री एनआरएन बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनले गैर आवासीय नेपाली संघ विशुद्ध गैरराजनीतिक संस्था भएकाले विदेशमा रहेका सबैलाई परोपकारी संस्था एनआरएनएमा जोडिन अनुरोध पनि गरे।

आउने चुनावमा मध्यपूर्व संयोजक पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीमा उभिएका छन् मनोज गोर्खाली। किनभने मध्यपूर्वी देशहरूमा उनको प्रभाव बलियो मान्निछ।

मध्यपूर्व संयोजकमै कतारमा कार्यरत युवा व्यवसायी तथा हालका मध्यपूर्व क्षेत्रीय उपसंयोजक प्रविन गुरुङले पनि उम्मेदवारी घोषणा गरेका छन्। गुरुङले मध्यपूर्व उपसंयोजकपछि जाने भनेको स्वत संयोजकमा नै भएको भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उनकै सहयात्री रहेका उपसंयोजक गुरुङले संयोजकमा दावी गरिरहँदा अहिले यो विषय थप चर्चामा छ। गोर्खाली गुरुङका निकै नजिकका साथी हुन्।  गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल, बुगीबुगी जस्ता चर्चित अन्तराष्ट्रिय रियालिटी शोका विभिन्न कार्यक्रमहरू कतारमा आयोजना गर्दा गोर्खालीको साथ रहेको थियो। यद्यपी चुनावी तालमेल गरेर निर्विरोध उमेद्वारीका लागि पहल भैरहेको उनीहरूले बताएका छन्।




प्रतिक्रिया

One thought on “एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा मनोज गोर्खालीको दावी

Leave a Reply

Your email address will not be published. Required fields are marked *