एनआरएनए कुवेतको छैटौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

डिसी नेपाल
१६ साउन २०७६ १०:२९

कुवेत । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कुवेतले आफ्नो छैटौँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

महाधिवेशन आगामी ०२ अगष्ट शुक्रबारका दिन हुन गइरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हरि लावतीले डिसी नेपाललाई जानकारी दिए ।

महाधिवेशनले राष्ट्रिय समन्वय परिषद कुवेतको नयाँ कार्यकाल २०१९/०२१ को लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

कार्यक्रम संयोजक लावतीले कुवेतमा क्रियाशील सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थिति हुनका लागि अनुरोध गरेका छन् ।

महाधिवेशनबारे जानकारी:

मिति : ०२ अगष्ट २०१९
समय : मध्यान्ह १२:०० बजे
स्थान : INN & Go Kuwait Plaza Hotel,
Fahed Al-Salam Street, Kuwait City.

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *