एनआरएनए हङकङको सातौँ अधिवेशनबाट अध्यक्षमा पुनः टिका गुरुङ निर्वाचित

डिसी नेपाल
१६ साउन २०७६ १०:३४

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आइतबार सम्पन्न सातौँ अधिवेशनबाट अध्यक्षमा पुनः टिका गुरुङ निर्वा्चित भएकि छन । प्रतिस्पर्धी निरन्जन गुरुङलाई फराकिलो मतले हराउँदै टिका अध्यक्षमा विजयी भएकी हुन्।

प्रतिस्पर्धी निरन्जन गुरुङले प्राप्त गरेको १ सय ६२  मतलाई ११३ भोटले उछिन्दै टिकाले २ सय ७५ मत प्राप्त गरेकी थिईन् । कुल ९ सय ५५ मतदातामध्ये ४ सय ३८ जनाले मात्रै निर्वाचनमा मतदान गरेका थिए ।

अध्यक्षबाहेक अन्य सबै पदाधिकारी निर्बिरोध चयन भएका छन्। जसमा– उपाध्यक्ष किसन राई र कर्म गुरुङ, महासचिव गोकर्णप्रसाद ढकाल, सचिव डिल्लीराम विश्वकर्मा र कोषाध्यक्ष सन्तोषकुमार गुरुङ रहेका छन् ।

त्यसैगरी महिला संयोजकमा अनु राई, युवा संयोजकमा प्रेम लामा र सदस्यहरूमा विजयकुमार गुरुङ, अर्जुन गौचन र अरबिन्द सिंह निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनमा संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक बिनोद कुवँरलगायत अतिथिको विशेष सहभागिता थियो ।

हङकङमा क्रियाशील दर्जन भन्दाबढी संघ संस्थामा आवद्ध रहेकी गुरुङ पेशाले व्यवसायी हुन् । उनले हङकङ र मकाउमा रियलस्टेट लगायतको व्यवसाय गर्छिन्।

दोस्रो पटक अध्यक्षमा विजयी भएकी उनले आफ्ना अधुरा योजना र अघिल्लो कार्यकालमा नभ्याइएको कामहरू पुरा गर्नका लागि पुनः नेतृत्वमा आएको प्रतिक्रिया दिईन।

उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिदैँ सबैको मायाममता र विश्वासले एकता तथा स्थायित्वको लागि आफ्नो निरन्तरताको विजय भएको बताइन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *