एनआरएनए साउदी अरबको सातौँ राष्ट्रिय अधिवेशन मिति तय

डिसी नेपाल
१६ साउन २०७६ १०:३६

तेज थापा

साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको राष्ट्रिय महाधिवेशन मिति तय भएको छ । गत १९ जुलाई शुक्रबार सम्पन्न परिषद्को सातौं पूर्ण बैठकले आगामी सेप्टेम्बर ६ तारिख, २०१९ शुक्रबार अधिवेशन मिति तय गरेको हो ।

अधिवेशनबाट आगामी कार्यकाल २०१९-२१ का लागि नयाँ कार्यसमिति चयन हुनेछ । अध्यक्ष नारायण पासवान नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकाल सेप्टेम्बर मै समाप्त हुँदैछ ।

राष्ट्रिय अधिवेशनलाई सम्पन्न गर्न जोन अर्यालको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन समिति गठन भएको छ । समितिमा रमेश भण्डारी र राजकुमार गिरी निर्वाचन निर्वाचन सदस्य रहेका छन् । निर्वाचन समितिले निर्वाचन निर्देशिका एवम् नियमावली २०१९ र एनसीसी साउदी अरबको विधि विधानलाई आधार मानी आफ्नो कार्यभार पूरा गर्ने छ ।

त्यसैगरी अधिवेशनलाई सफलताको साथ सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरू गठन गरि जिम्मेवारी र कार्यभार समेत सुम्पेको एनसीसी श्रोतले जानकारी गराएको छ ।

साउदी अरबको भौगोलिक अवस्था र परिस्थितिलाई मध्यनजर गरि परिषद् मातहतमा विभिन्न ठाउँहरूमा क्षेत्रीय तथा स्थानीय समन्वय समितिहरू स्थापितभइ क्रियाशील रहँदै आएका छन् । मजदुरमैत्री संस्थाको रुपमा परिचित एनआरएनए एनसीसी साउदी अरबको आसन्न अधिवेशनलाई यहाँ स्थिति नेपाली कामदार र जनसमुदायहरूले निकै चासोका साथ हेरिरहेका छन् ।

संघको विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाडौंमा हुँदैछ । सम्मेलन अगावै विश्वभर रहेका मातहतका सबै राष्ट्रिय समन्वय परिषद्हरूले आआफ्नो महाधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चय गरिसक्नुपर्ने प्रावधान रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *