मध्यरातमा लाइभ आउँदै भट्टले गरे चुनाव नलड्ने घोषणा, मैदान खाली गरिदिएपछि पन्तको बलियो सम्भावना

डिसी नेपाल
१६ साउन २०७६ १०:३९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले बुधवार मध्यरातमा फेसबुकमा लाइभ आउँदै आगामी कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गरेका छन् ।

यसअघि अध्यक्ष भट्टले ‘मेरा बाँकी रहेका अधुरा कार्यभार पूरा गर्नका लागि अर्को एक कार्यकाल मलाई चाहिन्छ भनेर’ पुन: अध्यक्ष बन्ने होडमा रहेको चर्चा सर्वत्र थियो । भट्टले जसरी भएपनि अझै एक कार्यकाल अध्यक्ष दोहोर्‍याउने सोचाइका साथ आन्तरिक तयारीमा लागेको उनी निकटकै श्रोतले बताउँदै आएको थियो।

तर, मध्यरातमा एक्कासि गोप्य ठाउँबाट सामाजिक संजाल फेसबुक मार्फत दोस्रो कार्यकालका लागी चुनावी मैदानमा नउत्रने घोषणा गरे । उनको यो घोषणाले अहिले विश्वभरमा छरिएर रहेका एनआरएनहरुमा एक किसिमको तरङ्ग उत्पन्न गरेको छ । धैरैले उनले गरेको यो निणर्यको स्वागत गर्दे प्रशंसा गरेका छन्, भने कतिपयले विभिन्न शंका गरिरहेका छन् ।

उनले आफू एनआरएनए अभियानबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि मात्रै हटेको बताए । ‘म चालकको सिटबाट पछाडि सरेको मात्रै हो, बसबाट निस्केको छैन’ भट्टले फेसबुक लाइभमा भनेका छन्।

उनको यो घोषणासँगै आगामी अक्टोबरमा हुने संघको नवौँ विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागी अरुलाइ मैदान खाली भएको छ । फेसबुक लाइभमा उनले चुनावमा नलड्ने बताएपनि अबको नेतृत्वमा कसलाई सघाउने भन्ने विषयमा भने केही खुलासा गरेनन् ।

‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ ।’ उनले भने ।

भट्टले फेसबुक लाइभमा साहसपूर्ण नयाँ नेतृत्वको खोजीमा रहेको बताउँदै एनआरएनएलाई कसैले दायाँबायाँ गर्न खोजे आफू चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन् ।

उनले आफ्नो कार्यकालमा एनआरएन भवन निर्माण, शंकमूल पार्क निर्माण, एकीकृत लाप्राक बस्ती निर्माण सम्पन्न गरिएको स्मरण गर्दै एनआरएनकै सक्रियतामा नेपालमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको पनि बताए । त्यस्तै भट्टले आफ्नो कार्यकालमा सहयोग गर्नै सबैलाई धन्यावाद दिएका छन् ।

आउने चुनावमा अध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीको नाम हो– कुमार पन्त, जो अहिले उपाध्यक्ष छन्। दुई वर्ष पहिलेको चुनावमा भट्टसँग पन्तको सहमति भएको थियो– आउने चुनावमा भट्टले पन्तलाई अध्यक्षका लागि सघाउने। त्यही सहमति अनुसार अहिले भट्टले आफ्नो उम्मेद्वारी नदिने घोषणा गरेको अनुमान गरिएको छ ।

दुई कार्यकाल उपाध्यक्ष र त्यस अगाडि महासचिव सहित विभिन्न जिम्मेवारी सम्हालेका पन्त अबको चुनावमा एक बलिया प्रत्यासी पक्का हुन्।

पन्तका अनुसार आफूहरूबीच भएको सहमति कार्यान्वयन हुने र भट्टले अबको अध्यक्षमा आफूलाई विजयी बनाउन सघाउने छन्। पूर्व अध्यक्षहरू सबैको आफूलाई समर्थन रहेको पनि उनको दावी छ।

भट्टको फेसबुक लाइभ भिडीयो

<iframe src=”https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fbhaban%2Fvideos%2F10214480043895691%2F&show_text=0&width=267″ width=”267″ height=”476″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allowFullScreen=”true”></iframe>




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *