एनआरएनए स्विडेनको महासचिवमा पाठकको उम्मेदवारी, भन्छन्– ‘स्विडेनलाई उदाहरणीय एनसीसी बनाउँछु’

डिसी नेपाल
१६ साउन २०७६ १६:३१

स्विडेन । संसारको ८० वटा मुलुकहरूमा आफ्नो संस्था विस्तार गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन नजिकिँदै छ। सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ। सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्।

त्यसै सिलसिलामा एनआरएनए स्विडेनले पनि आफ्‍नो अधिवेशन आउँदो १७ अगष्टमा गर्ने भएको छ । चुनावी सरगर्मी बढेसँगै एनसीसी स्विडेनको विभिन्न पदका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्।

सोही क्रममा एनआरएनए स्विडेनको आगामी कार्यकाल २०१९–२०२१ को लागि राजकुमार पाठकले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिका सचिवसमेत हुन्।

विगत १८ वर्षदेखि स्विडेनलाई कर्मथलो बनाउँदै आईरहेका पाठक एनआरएनए एनसीसी स्विडेनको स्थापनाकाल देखिनै आबद्ध भएर क्रियाशील हुँदै आएका छन् । पाठकले स्वयंसेवकदेखि सचिव सम्मको यात्रामा सधै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर अत्यन्त सक्रिय व्यक्ति तथा समाजसेवीका रुपमासमेत आफ्नो पहिचान बनाएका छन्।

विभिन्न पदमा रहेर काम गरिसकेकोले  आफू एनआरएनए अभियानबाट बाहिर जान नसक्ने र सधै यो अभियानमै आवद्ध हुने चाहना भएकोले शुभेच्छुकहरूको आग्रहमा महासचिवमा उम्मेदवारी घोषणा गरेको उनले बताए।

डिसी नेपाल प्रतिनिधिसँगको कुराकानीमा पाठकले एनआरएनए स्विडेनका अभियन्ताहरूले थुप्रै काम र प्रयासहरू अगाडि बढाए पनि प्रवासमा बस्ने नेपालीहरूका अझै गर्नु पर्ने महत्त्वपूर्ण धेरै कामहरू बाँकी रहेकोले त्यस्ता कामहरूमा आफू केन्द्ति रहने बताएका छन्।

उनले एनआरएनए स्विडेनको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी) का रुपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यस्तो छ पाठकको ९ बुँदे चुनावी घोषणापत्र

१- स्थानीय नेपाली समाज, स्विडेनवासी नेपाली महानुभावहरू, बुद्दिजिवि तथा एनआरएनए अभियन्तासँगको सहभागितामा राय सुझाव सङ्कलन गरी, अध्यक्ष लगायत सबै उम्मेदवारहरूका एजेन्डाहरूलाई समाहित गरि कार्य योजना निर्धारण गर्नेछु।

२-  स्थानीय समुदायमा पर्ने समस्याहरूलाई पहिलो प्राथमिकतामा राखी समस्याको समाधान गर्नेछु।

३- उच्च शिक्षा हासिल गरी भविष्य निर्माण गर्ने सपना बोकी स्विडेनका विभिन्न कलेज तथा विश्व विद्यालयमा अध्ययनरत युवा शक्तिलाई आवश्यक सल्लाह९सुझाव र सम्भव भए सम्मका सबै सहयोग गर्ने प्रतिबद्धता गर्दछु।

४- यस संस्थाको लागि आवश्यक आर्थिक श्रोत, जनमानसबाट न्युनिकरण गर्दै , स्वीडेन सरकार तर्फ उन्मुख हुदै , स्वीडेन सरकारबाट पाउन सक्ने सबै खालका हरेक सुबिधाको पहिचान गर्दै ,यस सस्थालाई आर्थिक तवरबाट सुद्रिढ बनाउदै लैजाने आत्मिक प्रयास गर्ने छु।

५- स्विडेनवासी नेपाली सामुदाय लाई प्रतक्ष्य लाभ हुने खालको बिशेष योजना ९ यहाँहरुको सुझाबबाट ०निर्माणका निम्ति ठोस नितिरकदम चाल्नेछु।

६- एनआरएनएको उपलब्धि, कार्यक्रम र सम्भावनाहरुलाई नेपाली समुदायमा पुर्याएर संस्थामा बढी भन्दा बढी सदस्यहरुलाई समेट्ने कार्ययोजना ल्याउनेछु।

७- नेपाली कला, संस्कृति, भाषा, साहित्य, आदि प्रबर्धनका कार्यक्रम ल्याउने तथा सहकार्य गर्नेछु।

८- नेपाली समाजको एकताको लागि सबै तह, तप्का र वर्गका ब्यक्तिहरुलाई समेटेर गैरआवासीय नेपाली संघ स्वीडेनलाइ साझा चौतारीका रुपमा स्थापित गर्ने र स्थानिय सामाजिक संघ, संस्थाहरु सँग समन्वय र सहकार्य गरी अगाडि बढ्नेछु ।

९- बाहिरी कुनै पनि देशहरुबाट स्थानान्तरण भएर स्वीडेन आउनु भएका नयाँ महानुभावहरुको लागि चाहिने हरएक किसिमका आवश्यक सहयोग र त्यसका लागि अपनाउनु पर्ने प्रक्रियामा कुनै कसर बाकी नराख्ने प्रण गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *