एनआरएनए ग्लोबल महासचिवमा जानकी गुरुङको उम्मेदवारी

डिसी नेपाल
१६ साउन २०७६ २३:१०

डिल्ली अम्माई

बेल्जियम । बेल्जियम तथा नेपालमा समेत रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी एनआरएनए अन्तराष्ट्रिय समितिको बहालवाला सचिब (सन २०१७/२०१९) जानकी गुरुङले आगामी कार्यकालको लागि महासचिवको रुपमा काम गर्ने गरी आफ्नो तैयारी सुरु गरेको जानकारी दिइन्।

कुराकानीको क्रममा गुरुङले ‘डायस्पोराका सम्पूर्ण महिलाहरुको आत्मा सम्मानका लागि मात्र नभएर गैह्र आवासीय नेपाली संघको स्थापना कालको उद्देश्य परिपूर्तिको लागि पनि यस पटक आफ्नो महासचिवमा उमेद्वारी रहने सोच भएको बताइन्।

अहिलेसम्म यो संस्थामा नियमित बजेट सार्वजनिक तथा बिनियोजन गरि सो अनुरुप कार्यक्रमहरु संचालन गर्ने परिपाटीको बिकास गर्न सकिएको छैन। नियतबस त्यसो गरिएको हो वा केहो थाहा भएन।’

‘यदि नियतवस हो भने त्यसलाई तुरुन्त बदल्न आवश्यक छ। शीर्षक अनुसार बजेट बिनियोजनको परिपाटीले एक त आर्थिक योजना र संगठनका कार्यक्रम नियमित हुन्छन् भने अर्कोतर्फ संगठनभित्र पारदर्शी आर्थिक अनुशासन कायम हुन्छ।’ उनले भनिन्।

त्यस्तै कुराकानीको क्रममा सचिब जानकीले भनिन्, ‘एनआरएनए केन्द्र र राष्ट्रिय समन्वय परिषदमा कार्यकालको नियमित बजेट प्रक्षेपण गर्ने व्यवस्था लागू गर्नुका साथै संस्थालाई थप पारदर्शिता, चुस्त र व्यावहारिक बनाउन, सरल, सामाजिक र भावनात्मक गतिबिधिबाट संस्थाको साख उचो राख्न, मुलूकको विकास र समृद्धिको सहयोगी भूमिकालाई व्यवहारमा उतार्न, संस्थामा आवद्धताका लागि सरल र सहज वातावरण बनाउन, दक्ष, प्राबिधिक र बौद्धिक जनशक्तिलाई देश बिकासमा सरिक गराउने बिशेष कार्यक्रम तर्जुमा गर्न, आमा (महिला) मार्फत दोश्रो पुस्तालाई संस्थामा सकृय गराउन बिशेष कार्यक्रम लागू गर्न, नेपाली सेवा र उत्पादनलाई विश्व बजारमा प्रबर्द्दन गर्न र संस्थामा मौलाउदै गएको रकमी, कलमी, लुकिछिपी गरिने दलाली तथा मानव तस्करी र सबैखाले गलत प्रवृतिलाई रोक्न मेरो उमेद्वारी रहने उनले बताइन्।

अर्को एक प्रसंगमा उनले अलिक दकस मान्दै आफ्नो कुरा राखिन्, ‘ भाई१ दुख लागेपनि भन्नैपर्ने हुन्छ, हाम्रो संगठनमा केहि व्याक्तिहरुको सिन्डिकेट छ। अँध्यारो कुनामा बसेर सिन्डिकेट मार्फत पुर्बलिखित निर्णय सुनाइन्छ।

पानी धमिल्याएर संगठनको निर्णयलाई कुल्चीइन्छ त्यसैले त्यो अबस्था नबदले सम्म सबैका लागि एनआरएनए बन्नै सक्दैन। त्यो तोड्न अलिक जियालो मान्छे चाहिन्छ। जसको लागि मैले निरन्तर संघर्ष गर्दै आएकी छु। मेरा हरेक कार्यकालहरुको समिक्षा गर्नुभो भने तपाइहरुले त्यो हिम्मत र उर्जा म भित्र पाउनु हुनेछ।’

तपाइँ कुन खेमाबाट उठ्ने हो त कुलजीको खेमाबाट कि कुमारजीको ? भन्ने प्रश्न उनले हाँस्दै भनिन्, ‘म एनआरएन खेमाबाट उठ्ने हो किनकी कुनै प्रकारका सिन्डिकेट वा गुठ उपगुठ संस्थाभित्र हुनुहुन्न भन्दै म निरन्तर लड्दै आएकी छु। सँस्थागत न्याय, गैह्र आबासीय नेपालीहरुको मन मुटु जोड्ने कार्य, मुलुकको कृषि, उद्योग, हाइड्रो, व्यावशाय, शिक्षा, संचार, स्वास्थ्य, सफाई, निर्माणलगायतका क्षेत्रमा हामीले सिकेको प्रबृद्धि हस्तान्तरण लगायत प्रमुख मुद्धाहरु छन्। त्यसको लागि हामीसंग आन्तरिक र बाह्य चुनौती सामना गर्ने सक्ति र सामर्थ्यको आवश्यकता रहन्छ। यी यावत कुराहरुमा मेरो प्रत्यक्ष चाँसो रहने छ।

जानकी गुरुङ निर्णय र कार्यमा कठोर भएपनि युरोप मात्र नभएर संसारभरका नेपालीहरुसंग भिजेकी महिला नेत्री हुन्। अनुभबको हिसाबले भन्नुपर्दा उनी एनआरएनए बेल्जियम तदर्थ समितिको संस्थापक कोषाध्यक्ष (२००५) हुँदै एनआरएनए बेल्जियम सल्लाहाकार (२००६/२००८), एनआरएनए युरोप सह–सँयोजक (२००७/२००९), एनआरएनए बेल्जियमको तेश्रो कार्यकालको अध्यक्ष (२०११/२०१३), एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य (२०१३/२०१५), एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य (२०१५/२०१७) र एनआरएनए केन्द्रीय समितिको बहालवाला सचिव (सन् २०१७/२०१९) हो।

यस बाहेक उनी चितवन क्याटलगायत अनगिन्ती अभियानहरु मार्फत परोपकारी अभियानहरुमा सक्रिय सक्रिय भूमिका निभाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *