एनआरएनए कतारको महासचिवमा माया केसीको दावी

डिसी नेपाल
१७ साउन २०७६ १२:३०

काठमाडौँ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको महासचिव पदको लागि लोकमाया क्षेत्री ‘माया केसी’ ले उम्मेदवारी घोषणा गरेकी छिन् ।

केसीले एक विज्ञप्ति जारी गरेर आगामी कार्यकाल २०१९–०२१ का लागि  महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन। उनी एनआरएनए कतारको वर्तमान युवा संयोजक हुन् ।

एनआरएनए कतारको आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा हुँदैछ ।

उनले कतारमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताइन्।

‘वैदेशिक रोजगारीका लागि कतारमा आएका नेपाली कामदारका समस्या न्यूनीकरण र सम्भावित समस्यालाई निराकरण गर्न प्रयत्न गर्नेछु । ’ उनले भनिन्।

केसीले जारी गरेकोे चुनावी घोषणा पत्रमा मर्यादित वैदेशिक रोजगार, युवा र महिलाको सशक्तिकरण र प्रवासमा नेपाली संस्कृतिको संरक्षण लगायतका एजेण्डाहरू प्राथामिकतामा छन् ।

एनआरएनएका अग्रज अभियन्ताहरू र साथीहरूसँगको परामर्शमा महासचिव पदमा उम्मेदवारी दिएको उनले बताइन् । ‘आफ्नो क्षमताले भ्याएसम्म समाजको हरेक क्षेत्रका हितमा काम गर्ने आत्मबल बढेको बढेको छ। यसको श्रेय पूर्णरुपमा यही समाजलाई दिन चाहन्छु । ’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *