दुई सय जनासँग डेटिङ, भनेजस्तो नपाएपछि कुकुरसँग विवाह

डिसी नेपाल
१७ साउन २०७६ १३:५७

काठमाडौं। विवाह गर्नु समान्य कुरा हो। प्रत्येक मानिसको कुनै न कुनै दिन विवाह हुन्छ नै। तर यतिबेला बेलायत गरिएको एउटा विवाहले सबैको ध्यान केन्द्रित गरेको छ। ४९ वर्षीया पूर्व स्विमशुट मोडल एलिजाबेथले करिव २०० जनासँग डेट गरेपछि अन्मिमा कुकुरसँग विवाह गरेकी छन्।

अझ रमाइलो त के भने यो अनौठो विवाहको एउटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रशारण गरेको थियो। विवाहपछि एजिजाबेथ र उनको ६ वर्षको कुकुर हनिमुन मनाउन जाने तयारी गरिरहेका छन्। हनिमुनका लागि उनले डग फ्रेण्डी होटल बुकिङ गरेकी छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मोडल एलिजाबेथले २०० भन्दा धेरै युवकसँग डेट गरेकी थिइन्। तर उनले आफूलाई मन पर्ने जीवनसाथी नपाएपछि कुकुरसँग विवाह गरेकी हुन्। यी मोडलको २५ वर्षका एक जना छोरासमेत छन्। एलिजाबेथले कुकुरसँग विवाह गर्नुको कारण इंगेजमेन्टपछि सम्बन्ध टुट्नु हो।

उनले दुई पटक विवाह गर्ने कोशिश गरेकी थिइन्। तर उनको त्यो प्रयाश सफल भएन। कुनै न कुनै कारणले उनको इंगेजमेन्टपछि विवाह भाँडिन्थ्यो। केही गर्दा पनि विवाह सफल नभएपछि उनले कुकुरसँग विवाह गरेकी हुन्। उनले अब आफूलाई विवाहका लागि कुनै मानिस आवश्यक नभएको बताइन्। उनले आफ्नो बाँकी जीवन कुकुरसँगै बिताउने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

One thought on “दुई सय जनासँग डेटिङ, भनेजस्तो नपाएपछि कुकुरसँग विवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *