आत्महत्या गर्न हाइवेको पुलमा बसेका थिए युवक, अपरिचित महिलाको गीत सुनेपछि…(भिडियो)

डिसी नेपाल
१७ साउन २०७६ १५:४४

काठमाडौं। अमेरिकामा एक व्यक्ति आत्महत्या गर्ने मनशायले एक्लै हाइवेमाथि बसिरहेका थिए। उनको छेउबाट गाडी गुडिरहेका थिए। ती व्यक्तिलाई त्यहाँ सम्झाउने कसैले हिम्मत गरेनन्। हाइवेमा कारबाट कतै जाँदै गरेकी एक महिलाले ती व्यक्तिलाई देखिन्। अनि उनले आफ्नो कार रोकेर ती व्यक्तिसँग कुरा गर्न गालिन्। यो घटना अमेरिकाको ओरल्याण्डो राज्यको हो।

महिलाले आत्महत्या गर्न तयार भएका व्यक्तिलाई एउटा गीत सुनाइन्। गीत सुन्ने वित्तिकै ती व्यक्ति डाको छोडेर रुन थाले। क्रिस्टिना नाम गरेकी ती महिलाले ती व्यक्ति भएको ठाउँमा जानु भन्दा पहिला प्रहरीलाई खबर गरेकी थिइन्। त्यसको केही समयपछि त्यहाँ प्रहरी आइपुग्यो। प्रहरीले उनलाई पक्राउ गर्नुको साटो मेन्टल सेन्टरमा लग्यो।

यो भिडियो ट्विरमा अहिले भाइरल भइरहेको छ। यो भिडियोमा क्रिस्टिनाले केही बोल्दै गरेको देखिन्छ। सुरुमा उनले कार रोक्ने योजना बनाएकी थिइनन्। तर फेरि उनले अचानक कार रोकिन्। क्रिस्टिना हेल्थ सेन्टरमा काम गर्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *