एनआरएनए आईसीसी युवा संयोजकमा मध्यपूर्वबाट सुदिप कार्कीको उम्मेदवारी घोषणा

डिसी नेपाल
१७ साउन २०७६ १६:२३

काठमाडौं। गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद (एनआरएनए/आईसीसी) युवा संयोजकमा सुदिप कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।

संघको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा हालका आईसीसी सदस्यसमेत रहेका कार्कीले युवाहरुको हितमा काम गर्ने भन्दै आगामाी कार्यकाल २०१९–०२१ का लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

लामो समयदेखि युएईलाई कर्मथलो बनाउँदै आएका कार्कीले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन्। कार्की एनसीसी यूएईको निवर्तमान अध्यक्ष हुन्।

३० वर्षकै उमेरमा एनसीसी यूएईको अध्यक्ष बनेका कार्की सम्भवत: सबैभन्दा कम उमेरमा एनसीसी अध्यक्ष बन्ने पहिलो थिए। उनले एनआरएनए युएईको २०१५–०१७ कार्यकालको सफलतापूर्वक नेतृत्व गरेका थिए।

युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने कार्कीले विश्वभरका नेपाली युवाको सीपलाई नेपालका युवासम्म ल्याउने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफूले तयार पारेको बताए।

‘विभिन्न देशहरुमा छरिएर रहेका नेपाली युवाहरुको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने प्रयास गर्नेछु’, उनी भन्छन्, ’अबको युग युवाहरुको युग हो भन्ने मान्यतालाई स्थापित गर्न लाग्नेछु, जसको लागि मसँग खास योजनाहरु छन्। त्यसलै युथ कोअर्डिनेटर पद रोजेको हुँ।’

कार्कीले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचार प्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनेका साथै विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नेलगायतका प्रतिबद्धता गरेका छन्।

युवालाई उत्प्रेरित गराई उनीहरुभित्र रहेको रचनात्मक सोच समाज विकासमा लगाउन सकिन्छ भन्ने कुरामा कार्की विश्वस्त छन्। ‘युवा माँझ हातेमालो गर्दै एकताका साथ अघि बढ्ने हो भने जस्तोसुकै चुनौतीको सामाना गर्न सकिन्छ। युवावर्गलाई लक्षित कार्यक्रम गरी उनीहरुलाई उत्प्रेरित गर्न सकिएमा मात्रै परिवर्तन सम्भव छ,’ सुदिप भन्छन्।

उनले संसारका कुनाकुनमा छरिएर रहेका नेपाली युवाहरुको शक्तिलाई एकीकृत गर्दै खेलकुदको बिकासमा जोड दिने पनि आफूले चुनावी एजेण्डामा अघि सारेको बताए ।

कार्कीले एनआरएनएमा युवावर्गको आर्कषण न्युन हुनुमा चिन्ता व्यक्त गर्दे सक्षम युवाहरु संघमा समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत बताए। उनले संघमा युवावर्गको रुची नहुनुमा राजनीतिक कारण प्रमुख रहेकोसमेत बताए।

डिसी नेपालसँगको कुराकानीमा कार्की भन्छन्, ‘एनआरएनए भित्रको राजनीतिक कारणले पनि काम गर्न सक्ने धेरै सक्षम युवाहरु संघदेखि बाहिर छन्। ती सबैलाई समेट्न सक्नुपर्छ। राजनीतिक रुपमा सक्रिय भएकालाई मात्र अवसर मिल्ने परम्पराको अन्त्य हुनु पर्दछ। म यो परम्पराको अन्त्यको लागि जिम्मेवार भएर लाग्नेछु र युवामैत्री एनआरएनए बनाउनेछु।’

आउने चुनावमा युवा संयोजक पदका लागि चर्चमा अरू पनि छन् तर, मध्यपूर्वबाट कार्कीले गरेको उम्मेवदारी घोषणालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालबाट रोजगारका लागि जाने अधिकाशं युवाहरु मध्यपूर्वी देशहरुमा कार्यरत छन्। खाडी मुलुकमै काम गरेर एनआरएनए अभियानमा लागेका कार्कीबाट युवा पिँढीले धेरै अपेक्षा राखेका छन्।

चुनावी सरागर्मी बढेसँगै सुदिप अहिले निकै दौडधूपमा छन्। मध्यपूर्वी देशभन्दा बाहिरी मुलुकहरुमा पनि उनी पूग्ने गरेका छन्। विश्वभरबाट साथ र सहयोग मिल्ने बताउने कार्कीले मध्यपूर्वबाट भने पूर्णरूपमा साथ पाउने दावी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *