गुल्मीका दीपक थापाको शव बुटवल बसपार्कमा बसको छतमा भेटियो

डिसी नेपाल
१७ साउन २०७६ १९:३६

बुटवल । बुटवलमा बसको छतमा एक जनाको शव फेला परेको छ।

गुल्मी चन्द्रकोट स्थायी ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु १ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको जिल्ला प्रहरी कार्यालय बुटवलका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

शवलाई पोष्टमार्टम गरि दिउँसो ३ बजे नै आफन्तलाई बुझाएको उनले बताए। यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए।




प्रतिक्रिया

One thought on “गुल्मीका दीपक थापाको शव बुटवल बसपार्कमा बसको छतमा भेटियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *