एनआरएनए एनसीसी कतारको अध्यक्षमा रामचन्द्र माझीसहित ३ जनाको उम्मेदवारी

डिसी नेपाल
१७ साउन २०७६ २०:३२

कतार । एनआरएनए एनसीसी कतारको अध्यक्ष पदका लागि उम्मेद्वारी दावी गर्ने क्रम शुरू भएको छ। एनआरएनको महाधिवेशन नजिकिँदै गर्दा विश्वभरका एनआरएनए सम्बद्ध समितिहरूमा नयाँ नेतृत्व चयनको लहर चलेको हो। यही क्रममा कतारमा पनि नयाँ नेतृत्वका लागि दावीहरू भएका हुन्।

मोहमद मुक्तदा मुसलमान, तेज कट्वाल र रामचन्द्र माझी कतारका लागि प्रवल दावेदारमा देखिएका छन्। यी तीनैजनाको मनोनयन दर्ता भएपछि आफ्नो माहोल बनाउन उनीहरूले सक्रियता बढाएका छन्। तीनैजना उम्द्वार कतारमा दशक बढी समय कृयाशील रहँदै आएका छन्।

एनआरएनए कतारका लागि तय गरिएको चुनावी क्यालेण्डर अनुसार आगामि अगष्ट २३ मा अधिवेशन सभा र मतदान अगष्ट ३० मा हुनेछ। मतदानमा ४ हजार २ सय ९८ जना मतदाता रहेका छन्।

कतारमा एनआरएनएको आधिकारिक सूचिकृतका लागि पहल भएपनि त्यहाँको सरकारले अनुमति स्वीकृत गरिसकेको छैन। तर कतारस्थित नेपाली दूतावासमा सूचिकृत रहेको यहाँको एनआरएनए नेपाली माझ भने क्रियाशील छ। दूतावाससँगको समन्वयमा यहाँ एनआरएनएका गतिबिधि हुने गरेका छन्।

*यस अगाडिको समाचारमा असावधानीवश कतिपय अपुष्ट विवरणहरू समाचारमा उल्लेख हुन गएकोमा सच्याइएको छ। यसबाट पर्न गएको असुबिधाप्रति हामी क्षमाप्रर्थी छाैं। -सम्पादक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *