यो श्यामश्वेत चित्र किन रङ्गिन देखिन्छ? भाइरल भएको दृष्‍टिभ्रम तस्बिरको वैज्ञानिक व्याख्या

डिसी नेपाल
१८ साउन २०७६ ९:४९

बीबीसी। । दृष्‍टिभ्रम गर्ने एउटा नयाँ तस्बिर अनलाइनमा चर्चित भइरहेको छ। नर्वेका भिजुअल आर्टिस्ट एभिन कोलासले तस्बिरहरूको एक श्रृङ्खला तयार गरेका छन् जुन श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) भएपनि रङ्गिन देखिन्छ।

यस्तो कसरी हुन्छ? यसको तरिका भनेको तस्बिरमा रङ्गिन रेखा वा आकारहरू थप्ने हो। यसरी थपिएको रङ्गिन रेखा वा आकारले तस्बिरको बाँकी भागलाई नियन्त्रण गर्छ।

यसलाई कलर एसिमिलेसन अर्थात रङ्ग मिलावट भनिन्छ र यसमा हाम्रो दिमागले रङ्गहीन क्षेत्रमा रङ्ग भर्छ। कोलासले अनलाइनमा यसले कसरी काम गर्छ भनेर लेखेका छन्।

‘रङ्गीन वस्तुलाई रङ्गहीन तस्बिरमाथि राख्दा वरिवरिका सबै रङ्गहीन क्षेत्रमा रङ्ग भरिएको जस्तो देखिन्छ,’ उनले लेखेका छन्। उनले थुप्रै खाले रङ्ग र आकारहरू राखेर हेरे र प्रत्येक पटक फरक फरक खालको तर त्यही असर देखा पर्‍यो।

वैज्ञानिकहरूका लागि कलर एसिमिलेसन नयाँ कुरा होइन। ‘हामीले हेर्दा तस्बिरका स–साना भागहरूले रङ्गको औसतका आधारमा हाम्रो दिमागले देख्छ,’ सिड्नी विश्वविद्यालयका दृष्टि विज्ञ बार्ट एन्डरसन भन्छन्।

त्यसैले हामीले ती तस्बिरहरू रङ्गिन देख्छौँ। समग्रमा हामीले राम्रोसँग समय दिएर ध्यानपूर्वक हेरेनौँ भने हाम्रो दिमागले दृश्यलाई औसतमा लिएर त्यही अनुसार देख्छ।

माथिका चित्र केही बेर हेर्नुभयो भने रङ्गिन देख्नुहुन्छ कि श्यामश्वेत? श्यामश्वेत देख्नुभएन भने अझै केही समय दिएर ध्यानपूर्वक हेर्नुहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *