ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

डिसी नेपाल
१८ साउन २०७६ १५:१२

मुग्लिन। चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *