साताको शेयर बजार: दुई अर्बको कारोवार

डिसी नेपाल
१८ साउन २०७६ १६:०९

काठमाडौं। धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरीद बिक्री भए।

अघिल्लो बिहीबार अर्थात् साउन ९ गते नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको नेप्से आइतबार थप ओरालो लाग्यो। आइतबार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुग्यो। सो दिन कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए।

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने तीन अङ्क बढीले वृद्धि भयो। सो दिन नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगयो। सो दिन कारोवार रकम भने आइतबारको तुलनामा घट्यो। कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए।

यस्तै मङ्गलबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो। नेप्से परिसूचक ३।३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुग्यो। परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो। कूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए।

बुधबार पनि नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। सो दिन ६.२० अङ्कले वृद्धि भई नेप्से एक हजार २६५.५७ मा पुग्यो। कूल १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए।

बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लाग्यो। सो दिन परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झ–यो। कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *