‘यौन जीवनमा बाधा’ भएपछि आमाले २ छोरीको हत्या गरिन्, त्यसपछि पैसा लिएर यौनको अफर

डिसी नेपाल
१८ साउन २०७६ १६:०८

काठमाडौं। एक आमाले आफ्नो ‘यौन जीवनमा बाधा’ भएका कारण आफ्ना २ छोरीको हत्यागरेकी छिन् । लुसे पोर्टन नामकी महिलालाई यो अपराधको लागि आजीवन कारावासको सजाय सुनाइएको छ । घटना बेलायतको रग्बी शहरको हो ।

बीबीसीको रिपोर्ट अनुसार यी महिलाले छोरीको हत्याको केही दिनपछि नै पैसाको बदलामा सेक्सको अफर दिइरहेकी थिइन् । दोषी ठहर भएपछि अदालतले २३ वर्षकी यी महिलालाई शुक्रबार सजाय सुनाएको हो । यद्यपि महिलाले अदालतमा छोरीहरुको हत्या गरेको अवीकार गरेकी थिइन् । गत वर्ष १८ दिनको अन्तरालमा ३ वर्षकी छोरी लेक्सी ड्रेपर र १७ महिनाकी स्कार्लेट वुगनको मृत्यु भएको थियो ।

अदालतले हत्या सोचविचार गरेर गरिएको ठहर गरेको छ । हत्यापछि महिलाले छोरीहरुका कपडा फेसबुकमा बेच्ने कोसिस गरेकी थिइन् । कालो पोलिथिनमा छोरीहरुका कपडा राखेर उनले हरेक प्याकेटको लागि १२७० रुपैयाँ मागेकी थिइन् । महिलाले कम्तीमा ३२ वर्ष जेलमा बस्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *