आजको राशिफलः मिति २०७६ श्रावण १९ गते आइतबार

डिसी नेपाल
१९ साउन २०७६ ६:०५

आज मिति २०७६ साल श्रावण १९ गते । तदनुसार सन् २०१९ अगस्ट ४ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन । वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष । चतुर्थी, २३:१७ उप्रान्त पञ्चमी तिथि आइतबार ।

आजको ग्रहफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाउँमा पैसा खर्च हुँदैछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कमाइ राम्रैसंग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, टाढाको यात्राको पनि योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैँया पैसा फस्ने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ सावधान रहनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *