दुर्योधन कर्णका प्रिय मित्र थिए, तर कर्णले दुर्योधनलाई अधर्म गर्नबाट रोकेनन्

डिसी नेपाल
१९ साउन २०७६ ८:२२

काठमाडौं। आइतबार (आज) फ्रेण्डशिप डे हो। प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो आइतबारलाई फ्रेण्डशिप डेका रुपमा मनाइन्छ। एकमात्र मित्रताको बाटो यस्तो हुन्छ, जसलाई व्यक्ति स्वयंले नै चुन्छ। हामीले कस्तो व्यक्तिसँग दोस्ती गर्ने र कस्तो व्यक्तिसँग नगर्ने भन्ने विषय हामी स्वयंमा निर्भर हुन्छ। धर्मग्रन्धमा पनि कयौं पौराणिक पात्रका विषयमा उल्लेख गरिएको छ। आज हामी केही चर्चित मित्रका विषयमा जानकारी दिन गइरहेका छौं।

दुर्योधन र कर्ण
महाभारतमा दुर्योधन र कर्णको मित्रता निकै खास मानिन्छ। दुर्योधनले कर्णलाई आफ्नो प्रिय मित्र माने र उचित सम्मान पनि दिएका थिए। यही कारण कर्णले दुर्योधनलाई कहिल्यै पनि अधर्म गर्नबाट रोक्न सकेनन् र दुर्योधनलाई साथ दिइरहे। जबकि सच्चा मित्र त्यही हुन्छ, जो गलत काम गर्नलाई रोक्छ। यदि मित्रतामा यो कुरालाई ध्यान दिइएन भने बर्बादी निश्चित हुन्छ।

जसरी महाभारतमा दुर्योधनको गल्तीका कारण उनको पूरा कुल नष्ट भयो। कर्णलाई धर्म र अधर्मका विषयमा जानकारी थियो, तर उनले दुर्योधनलाई रोक्न सकेनन्।

कृष्ण र सुदामा
जब मित्रताको कुरा आउँछ। तब श्रीकृष्ण र सुदामालाई कसैले बिर्सिन सक्दैन। बाल्यकालमा श्रीकृष्ण र सुदामाले महर्षि सान्दीपनिको आश्रममा एकसाथ शिक्षा हासिल गरेका थिए। त्यँही उनीहरुबीच मित्रता भएको थियो। शिक्षा हासिल गरिसकेपछि दुर्व अलग अलग भए र आ–आफ्नो जीवनमा व्यस्त भए। श्रीकृष्ण द्वारिकाधीश र सुदामा निकै गरिब ब्राम्हण।

एक प्रसंगका अनुसार जब सुदामा आफ्ना प्रिय मित्र श्रीकृष्णसँग भेट गर्न द्वारिका पुग्दा श्रीकृष्ण स्वयंले उनको सत्कार गरे। र सुदामाको जीवनको सबै दुख कष्ट अन्त्य गरिदिए। उनीहरुबीचको मित्रताले मित्रतामा धनी–गरीबको महत्व हुँदैन। मित्रता सधैं समान हुन्छ। र सधैं यही कुरालाई ध्यान दिनुपर्छ।

श्रीराम र सुग्रीव
रामायणमा हजुमानजीले श्रीराम र सुग्रीवबीच मित्रता गराएका थिए। श्रीरामले सुग्रीवलाई बालीबाट राज्य र उनकी पत्नी फिर्ता दिलाउने वचन दिएका थिए। उता सुग्रीवले सिता खोज्न सहयोग गर्ने वचन दिएका थिए। बालीको बध गरेर श्रीरामले आफ्नो बचन पूरा गरे। सुग्रीवलाई राजा बनाए। राजा बन्ने वित्तिकै सुग्रीवले आफ्नो बचन भुले।

तब लक्ष्मण क्रोधित भए। त्यसपछि सुग्रीवलाई आफ्नो गल्तीको महशुश भयो अनि सिताको खोजीमा निस्किए।उनीहरुबीचको मित्रताबाट के शिक्षा पाइन्छ भने मित्रतामा कहिल्यै पनि आफ्नो बचनलाई भुल्नु हुँदैन। सधैं साथीको दुख वा समस्या समाधान गर्न कोशिश गर्नुपर्छ।

श्रीकृष्ण र द्रोपदी
महाभारतका श्रीकृष्ण र द्रौपदीबीच निकै राम्रो मित्रता थियो। श्रीकृष्ण द्रौपदीलाई सखी भन्थे। द्रौपदीका पिता महाराज द्रपद आफ्नी छोरी द्रोपदीको विवाह श्रीकृष्णसँग होस भन्ने चाहन्थे। तर श्रीकृष्णले द्रौपदीको विवाह अर्जुसँग गराए। श्रीकृष्णले हरेक कठिन समयमा द्रौपदीलाई साथ दिए।

जब श्रीकृष्णले आफ्नो सुदर्शन चक्रले शिशुपालको वध गरे, तब चक्रका कारण श्रीकृष्णका एउटा औंलामा चोट लाग्यो, जसका कारण उनको औंलाबाट रगत बग्न थाल्यो। तब द्रोपदीले आफूले लगाएको कपडाका च्यातेर श्रीकृष्णको औंला बाँधिदिइन्। त्यसपछि खचाखच भरिएको सभामा द्रौपदीको चीरहरण भयो, तब श्रीकृष्णले आफ्नो औंलामा द्रोपदीले बाँधेको कपडाको ऋण चुत्ता गरे अनि द्रौपदीको साडी लामो बनाउँदै उनको लाझ बचाए। त्यसपछि पनि श्रीकृष्णले द्रौपदीको धेरै दुखमा साथ दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *