जङ्गली जनावरलाई हानेको गोली लागेर १९ वर्षीय युवकको मृत्यु

डिसी नेपाल
१९ साउन २०७६ ९:०७

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो।

गए राति करीब १०ः४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा उक्त गोली लागेर मृत्यु भएको भन्ने खबर आएको प्रनाउ धामीले बताए ।

उनले भने, “जङ्गली जनावर धपाउन हानेको गोली लागेर मृत्यु भएको भन्ने खबर आएको छ, जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी टोली गएको छ, टोली पुगेपछि बाँकी विवरण भन्न सकिनेछ।”

गोली प्रहार गर्ने जङ्गे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको बताइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *