‘चीन विश्वलाई शासन गर्न चाहन्छ’

डिसी नेपाल
१९ साउन २०७६ ९:०८

बीबीसी। चीनले १९८० को दशकमा आफ्नो नयाँ आर्थिक मोडल प्रस्तुत गरेको थियो, जसमा पूँजीवाद र समाजवाद, दुवैको मिश्रण थियो। चीनको कम्युनिष्ट पार्टीको सरकारले विदेशबाट आएका नयाँ विचारलाई पनि स्थान दिने निर्णय गरेको थियो।

यो चीनका सर्वोच्च नेता माओत्सेतुङको निधन भएपछिको वर्ष थियो। चीन कुन दिशामा अगाडि बढ्ने, कसरी देशका ग्रामीण इलामा व्याप्त गरिबीको अन्त्य गर्ने भन्ने विषयमा सोचिरहेको थियो।

देशको नयाँ आर्थिक मोडललाई साकार पार्न जुन अर्थशास्त्रीले सहयोग गरे, ती मध्ये हावर्ड युनिभर्सिटी र कोरभाइनस युनिभर्सिटी अफ बुडापेस्टका प्रोफेसर यानोश कोरनय पनि थिए।

हंगेरीमा जन्मिएका अर्थशास्त्री अहिले ९१ वर्षका भएका छन्। उनले आफ्नो पुस्तक ‘द रोड टू अ फ्री इकोनोमी’ मा आफ्नो देशको अर्थव्यवस्थाका विषयमा विस्तारमा चर्चा गरेका छन्।

चार दशक पहिला यानोश कोरनयले समाजवादी अर्थव्यवस्थामा उपभोक्ता समान, हाउसिंग संशाधन र मजदुरको कमीलाई बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गरे। आफ्नो यो बुझाइसँगै उनी चीन पुगे, जहाँ उनलाई लेक्चर दिन बोलाइएको थियो।

त्यो बेलाको सम्झना गर्दै कोरनय भन्छन्–चीनका पीपुल्स रिपब्लिकका स्टेट काउन्सिलका एक सदस्य जङ जिन–फू पूरै समय यो लेक्चरलाई नोट गरिरहेका थिए। तर छलफलमा भाग दिनु बाहेक उनको मुखबाट एक शब्द पनि निस्किएन। चिनियाँ अर्थशास्त्री पनि त्यहाँ आएका थिए, उनीहरुले पनि कुनै चर्चा गरेनन्।’

कोरनयको विचारलाई स्वागत गरियो। चीनमा कयौं वर्षसम्म उनको काम एकेडेमिक काम, लेख र आधिकारिक भाषणमा झल्किन्थ्यो।
एक अर्थशास्त्री र शिक्षणका रुपमा लामो करियरपछि र गहन लेखन कार्यपछि उनले पढाउन छोड दिए र अहिले हंगेरीमा बस्छन्।

तर केही समय अगाडि फाइनेन्शियल टाइम्समा छापिएको एउटा खुला पत्रमा कोरनयले पश्चिमी अर्थशास्त्रीलाई त्यो ‘अराब सपना’ का लागि जिम्मेवार ठहर्याएका छन्, जो राष्ट्रपति शी जिनपिङको नेतृत्व भएको चीन आर्थिक र सामाजिक मोडल मोडल बनेको छ। उनले अहिलेको तरिकालाई ‘स्टालिनवादी संस्करण’ जस्तो तरिका भएको आरोप लगाएका छन्।

कोरनयले चीनमा कैदीमाथि गरिने दुव्र्यवहारको निन्दा गरेका छन् र देशमा फेरि फाँसीको सजाय धेरै हुन थालेको बताएका छन्।
८० को दशकमा चीनको सुधारमा सहायक भएका प्रोफेसर लेख्छन्–हामीमध्ये कसैले पनि यो कुराको नैतिक जिम्मेवारी लिन्छौं, हामीले चीनका राक्षसको पुनर्जीवनको विरोध गरेका थिएनौं। र सल्लाहकार रुपमा सक्रिय भूमिका निर्वाह गरेका थियौं।’

बीबीसीलाई दिएको एक अन्तर्वातामा उनले भने–यो ‘राक्षस’ विस्तारै विस्तारै अगाडि आयो र अहिले हामी विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक कुन दिशामा अगाडि बढिरहेको छ। जब सत्तामा नयाँ कट्टरपन्थी सरकार आयो, चीनमा कानुन परिवर्तन गरियो, ताकि शि जिनपिङ पूरै जीवन सत्तामा बसिरहुन।’

प्रोफेसरका अनुसार त्यो एउटा कुराले चीनलार्य झन खतरनाक बनाइ दिएको छ, नेताहरुको त्यो घोषणा जसले पुरानो एक दलीय व्यवस्थातर्फ फर्किँदैछ। उनको नारा पनि उनको भाषणकै वकालत गर्नछ। ‘लङ लिभ, मास्र्क पार्टी, एंगल्स,लेनिन, स्टालिन, माओ र शी।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *