हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन मारिए

डिसी नेपाल
१९ साउन २०७६ ९:३८

काबुल । अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ ।

फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तर यस विज्ञप्तिमा यस कारबाही  अफगान बायुबल अथवा नेटोआवद्ध संयुक्त सेनाले गरेको सो विषयमा विस्तृत विवरण दिइएको छैन् । यस प्रान्त तालिबान लडाकू समूह र सुरक्षाबीच बारम्बार झपड हुदै आएको पाइन्छ । तालिबान लडाकू समूहले  यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *