भारतले पाकिस्तानलाई भन्यो –‘सेतो झण्डा लिएर आउ लाश लिएर जाउ’

डिसी नेपाल
१९ साउन २०७६ ११:४२

श्रीनगर। भारतीय सेनाले पाकिस्तानी सेनालाई कथित रुपमा आफ्नो सीमामा घुसपैठ गर्न खोजेका पाकिस्तानीको शव लिनको लागि सेतो झण्डा लिएर आउन प्रस्ताव गरेको छ । भारतीय मिडिया दैनिक भास्करले गरेको दावीअनुसार पाकिस्तानको बोर्डर एक्सन टिमका सैनिक ले शनिबार भारतीय सीमामा प्रवेश गर्ने प्रयास गरेका थिए जसलाई भारतीय सेनाले मारिदिएको हो ।

भारतीय सेनाको प्रस्तावको अहिलेसम्म पाकिस्तानले जवाफ दिएको छैन । भारतीय सेनाले गरेको दावीअनुसार पाकिस्तानीहरुले नियन्त्रण रेखा (एलओसी) पार गर्ने प्रयास गरेकोमा भारतीय सेनाले जवाफी कारवाही गर्दा ५ देखि ७ जना मारिएका छन् । अहिले ती शव एलओसीमै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *