भारतले पाकिस्तानलाई भन्यो –‘सेतो झण्डा लिएर आउ लाश लिएर जाउ’
श्रीनगर। भारतीय सेनाले पाकिस्तानी सेनालाई कथित रुपमा आफ्नो सीमामा घुसपैठ गर्न खोजेका पाकिस्तानीको शव लिनको लागि सेतो झण्डा लिएर आउन प्रस्ताव गरेको छ । भारतीय मिडिया दैनिक भास्करले गरेको दावीअनुसार पाकिस्तानको बोर्डर एक्सन टिमका सैनिक ले शनिबार भारतीय सीमामा प्रवेश गर्ने प्रयास गरेका थिए जसलाई भारतीय सेनाले मारिदिएको हो ।
भारतीय सेनाको प्रस्तावको अहिलेसम्म पाकिस्तानले जवाफ दिएको छैन । भारतीय सेनाले गरेको दावीअनुसार पाकिस्तानीहरुले नियन्त्रण रेखा (एलओसी) पार गर्ने प्रयास गरेकोमा भारतीय सेनाले जवाफी कारवाही गर्दा ५ देखि ७ जना मारिएका छन् । अहिले ती शव एलओसीमै छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment