डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा १४ को मृत्यु, २० बेपत्ता
मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ।
इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप २० जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ।
इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ। आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो। आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन्। रासस/एएफपी
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment