एक्लैले एक छाक खाना खाएको बिल १ लाख ! तिर्न नसकेपछि जेलमा थुनियो

डिसी नेपाल
१९ साउन २०७६ १५:०९

काठमाडौं। एक जना व्यक्तिले १ छाक खाना खाएको बिल एक लाखभन्दा माथि पुग्यो भने के होला ? एक व्यक्तिले यस्तै स्थितिको सामना गर्नुपरेको छ । ती व्यक्तिले झुक्किएर यति महंगो कुरा अर्डर गरिदिए कि उनको बिल एक लाखभन्दा माथि पुग्यो । ती व्यक्तिले अञ्जानमा गरेको अर्डरका कारण उनले जेलको हावा खानुपरेको छ ।

यी बेलायती पर्यटकले नशाको हालतमा निकै महंगो श्याम्पेनको बोतल अर्डर गरेका थिए । जब बिल आयो उनीसँग त्यति धेरै पैसा थिएन । उनले आफूले बिल तिर्न नसक्ने बताएपछि उनलाई पक्राउ गरियो । रेष्टुरेण्टमा ४२ वर्षका यी व्यक्तिको बिल १ लाख ६ हजार रुपैयाँ (७९२ पाउण्ड) आएको थियो । उनले पैसा दिन नसक्ने भन्दै तिर्न अवीकार गरेका थिए । घटना स्पेनको इबिजा आइल्याण्डको हो ।

द सनको समाचार अनुसार रेष्टुरेण्टले उजुरी गरेपछि आरोपी पर्यटकलाई पक्राउ गरिएको हो । ती व्यक्तिले ‘लुइस रोयडेरेर क्रिस्टल रोज २००८’ श्याम्पेन अर्डर गरेका थिए । उनले अदालतमा आफूलाई यो श्याम्पेनको मूल्य थाहा नभएको र झुक्किएर अर्डर गरेको बताए । यो श्याम्पेन एक बोतलको मूल्य ८६ हजार रुपैयाँ (६४० पाउण्ड) पर्छ । अदालतले ती पर्यटकलाई ४ महिनाको सस्पेंडेड सजाय सुनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *