एनआरएनए कतारको प्रथम उपाध्यक्षमा भण्डारीको उम्मेदवारी

डिसी नेपाल
१९ साउन २०७६ १५:२१

दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/ एनसीसी) कतारको अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरूले विभिन्न पदमा आफ्नो दावि गर्ने क्रम बढ्दो छ। यसक्रममा युवा सहसंयोजक नारायण भण्डारी ‘समाजसेवी’ले आगामी कार्यसमितिको प्रथम उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।

उनले गत शुक्रबार दोहामा  निर्वाचन समिति संयाेजक बिनेश तामाङसमक्ष आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

एनआरएनए कतारको आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा हुँदैछ ।

उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायतको उपस्थितिमा भण्डारीले एनआरएनए कतारलाई थप चुस्त र दुरुस्त राख्दै अझ प्रभावकारी बनाउनु पर्ने औँल्याउँदै ५ बुँदै प्रतिवद्धता प्रस्तुत गरे । उनले विगतमा आफूले आर्जन गरेको अनुभव, ज्ञान र सीपलाई सदुपयोग गर्दे एनआरएनए कतारलाई एक सवल, गतिशील र दूरदर्शी नेतृत्व प्रदान गर्ने दृढ संकल्प व्यक्त गरे ।

भण्डारीले वैदेशिक रोजगारीका लागि कतारमा आएका नेपालीको हकहितका लागि विशेष पहल गर्ने अठाेट पनि गरेका छन् ।

एनआरएनए कतारको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी) का रुपमा  चिनाउने प्रतिबद्धतासमेत व्यक्त उनले गरे।

सन् २००९ देखि कतारलाई कर्मथलो बनाउँदै आएका भण्डारी गैर आवासीय नेपाली संघ रासप कतारमा सन् २०१३ देखि पार्षद् सदस्यको रुपमा आबद्ध भएर क्रियाशील हुँदै आइरहेका छन् ।

भण्डारी दोहामा सकृय जिल्ला संस्था नुवाकोट सेवा समाज कतारका सल्लाहकार तथा प्रदेश नं– ३ राष्ट्रिय समन्वय परिषद् कतारका सल्लाहकारसमेत हुन् ।

आफ्नो कार्यकालमा कार्यसमितिले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने पदाधिकारी मध्येका एक उनी पनि मानिन्छन् । भण्डारी युवामाझ लोकप्रिय छन् ।

भण्डारीले अग्रज व्यक्तित्वहरूको सुझाव, हौसला तथा आग्रहलाई मनन गर्दै उम्मेदवारी दिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *