नेपालको पशुपतिनाथको भन्दै भारतमा नक्कली भिडियो भाइरल, लाखौंले शेयर गरिरहेछन्

डिसी नेपाल
१९ साउन २०७६ १६:२५

काठमाडौं। भारतमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । नेपालको पशुपतिनाथको शिवलिंग भन्दै पोस्ट गरिएको यो भिडियो ठूलो संख्यामा शेयर भइरहेको छ । मानिसहरु यसलाई साँच्चै पशुपतिनाथको ठानेर शेयर गरिरहेका छन् ।

जगदीश पुरोहित नामको फेसबुक पेजमा पोट भएको यो भिडियो ७३ हजारभन्दा धेरै पटक शेयर भइसकेको छ । योबाहेक अन्य पेजहरुले पनि यो भिडियो पोस्ट गरेका छन् । सबै पेजबाट गरी अहिलेसम्म यो भिडियोको शेयर लाख नाघिसकेको छ । यो भिडियो हेर्नेको संख्या त अत्यन्तै उच्च छ ।

वास्तवमा यो भिडियो पशुपतिनाथको होइन । यो कुनै पनि वास्तविक स्थानको भिडियो होइन । यसलाई भिडियो एनिमेसन सफ्टवेयरबाट बनाइएको हो । यो भिडियोको पृष्ठभूमिमा रहेको झरनासहितको दृश्य एक हातले बनाइएको पेन्टिङ हो । यो पेन्टिङ क्युवाका चित्रकार टोमास सान्चेजले बनाएका हुन् । हेर्नुहोस् भिडियो –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *